
बैशाख २८,
दुनै : शिक्षाको गुणस्तर सुधारमा थप टेवा पुर्याउन बिद्यालयसँग सम्बन्धीत सवै पक्षलाई समेट्ने गरी तालिम दिन थालिएको छ । ठुलीभेरी नगरपालिकाले नगरपालिका भित्रका बिद्यालयको शैक्षिक गुणस्तर सुदृढिकरणका ५ दिने शिक्षासँग सम्बन्धित सवैलाई तालिम दिन सुरु गरेको हो । आईतवार सदरमुकाम दुनैको दुई स्थानमा र जुफालमा गरि एकै साथ ५ दिने तालिम शुभारम्भ गरिएको छ । बिद्यालयको शैक्षिक गुणस्तर सुदृढिकरणका लागि बिद्यालय व्यवस्थापन समिति,शिक्षक अभिभाबक संघ,प्रधानाध्यापक र शिक्षकको क्षमता विकासका साथै विद्यार्थी क्यारिएर काउन्शिलिङ र अभिभावक शिक्षा तालिम शुभारम्भ गरिएको ठुलीभेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत दिलप्रसाद रोकायाले जानकारी दिए ।

निमित्त प्रमुख प्रशासकिय अधिकृत रोकायाका अनुसार ठुलीभेरी नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाले नगरपालिका भित्रका सवै बिद्यालयका वालि बिकास केन्द्र देखी कक्षा ५ सम्मका शिक्षक,प्रधानाध्यापक,बिद्यालय व्यवस्थापन समितिका पदाधिकारिहरु र अभिभाबक संघका पदाधिकारिहरुलाइ शिक्षाको गुणस्तर सुधारमा के कसरी भुमिका निर्वाह गर्न सकिन्छ भन्ने उद्धेश्य राखि यो तालिमको आयोजना गरिएको बताए । एकिकृत पाठ्यक्रम र एकिकृत सिकाइको अवधारणा बिशेष्ता,एकिकृत सिकाइ सहजिकरणको बिधि र तरिका,बिद्यार्थी बृत्ति परामर्श,प्रेरणादायिक ब्यक्तिको प्रेरणा सहित बिभिन्न शिर्षकमा ख्याति प्राप्त प्रशिक्षकहरुवाट तालिममा प्रशिक्षण दिईने छ ।
यो तालिमा पश्चात ठुलीभेरी नगरपालिका भित्र रहेका बिद्यालयका वालवालिकाले फरक र नयाँ तवरवाट शिक्षा पाउने अपेक्षा गरिएको छ । यस्का साथै शिक्षा अर्थात बिद्यालयसँग जोडीएका सवै सरोकारवाला निकायको भुमिकामा समेत फरक पन आउनेमा बिश्वास लिएको ठुलीभेरी नगरपालिकाका नगर प्रमुख श्ववर्ण कुमार बुढाले बताए । नगर प्रमुख बुढाले भने हामी शिक्षा र स्वास्थ्यका बिषयमा गम्भीर हिसाबमा लागि रहेका छौ तर परिणाम आउन समय लाग्छ नै । यसका साथै बिकासमा समेत अहोरात्र लागि रहेको र नागरिकले महसुस गर्ने कामको नतिजा ल्याउनेमा नगरपालिका हरदम काम गरि रहेको समेत दावी नगरप्रमुख बुढाले गरे ।