
बैशाख २८,
डाेल्पा : डोल्पाको पर्यटकिय सम्भावना र सरसफाई बारे दिर्घकालिन खाका तयार पारिएको छ । शे-फाेक्सुण्डाे पर्यटन समन्वय समिति डाेल्पाकाे आयाेजनामा र शे-फाेक्सुण्डाे राष्ट्रिय निकुञ्ज, डब्लुडब्लु एफ काे सहयाेगमा डाेल्पा जिल्लाकाे पर्यटकीय प्राेफाइल र फाेहाेर मैला व्यवस्थापन रणनीति तथा जिल्ला स्तरीय सर्वपक्षीय समन्वय बैठक सम्पन्न भएकाे छ।
जिल्लाका विभिन्न सराेकारवाला जिम्मेवार निकायकाे सहभागीता रहकाे उक्त बैठकमा शे-फाेक्सुण्डाे पर्यटन समन्वय समिति डाेल्पाले तयार पारेकाे जिल्लाकाे पर्यटकीय प्राेफाइल प्रस्तुत गरिएको थियाे भने पर्यटकीय क्षेत्रमा फाेहाेर मैला कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने बिषयमा फाेहाेर मैला रणनीति माथि छलफल गरिएको थियाे। शे- फाेक्सुण्डाे राष्ट्रिय निकुञ्ज र डब्लु डब्लु एफ संग सहकार्य गरि दिगाे पर्यटनमा जाेड दिइएको शे-फाेक्सुण्डाे पर्यटन समन्वय समिति डाेल्पाका कार्यबाहक अध्यक्ष चाँद हमालले बताए ।

विभिन्न सामुदायिक विधालयमा, विभिन्न गाउँ वस्तिका महिला समुह लगाएतका निकाय संग सहकार्य गरि जनचेतनामूलक शैक्षिक कार्यक्रम सम्पन्न गरिएको हमालले बताए। कार्यक्रम प्रमख जिल्ला अधिकारी राेम बहादुर महत, ठुलीभेरी नगरपालिका नगर प्रमुख सुवर्ण कुमार बुढा, जिल्ला समन्वय समिति डाेल्पाका प्रमुख श्याम बहादुर राेकायाले डाेल्पा जिल्लाका पर्यटकीय क्षेत्रमा हुने फाेहाेरलाई कसरी न्युनिकरण गर्न सकिन्छ भन्ने बिषयमा सल्लाह सुझाव दिएका थिए। फाेहाेरलाई पुरानै शैलिमा भन्दा पनि आधुनिक तरिकाबाट केही आम्दानी हुने गरि व्यवस्थापन गर्न सबैको समन्वय सहकार्य आवश्यक हुने सहभागीहरुले बताएका थिए ।
बैठकले आगामी दिनमा डाेल्पा जिल्लाकाे पर्यटकीय स्राेत पहिचान गर्ने, डाेल्पा जिल्लाकाे पर्यटकीय प्राेफाइल तयार गरि प्रकाशन गर्ने, फाेहाेर मैला व्यवस्थापन गर्न जिल्ला स्थित सबै निकाय संग समन्वय सहकार्य गर्ने लगाएतका बिषयमा निर्णय भएकाे शे-फाेक्सुण्डाे पर्यटन समन्वय समिति डाेल्पाले जनाएको छ।