डाेल्पाेबुद्व गाउँपालिकाकाे छाेइला लेकमा चट्याङ लागेर एकजनाकाे मृत्युु

जैतुन अनलाइन | २०८२ बैशाख २५ गते बिहिवार

बैशाख २५,
डाेल्पा : डाेल्पाकाे डोल्पोबुद्ध गाउँपालिकाकाे छाेइला लेकमा चट्याङ लागेर एक जनाकाे ज्यान गएकाे छ।
पाटनमा हराएका चाैरीगाई (याक) खाेज्न लेकमा पुगेका  डाेल्पाेबुद्व गाउँपालिका वडा नं ३ का ५३ वर्षीय धावा गुरुङको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डाेल्पाका निमित्त प्रमुख प्रहरी निरीक्षक मनिष थापाले जानकारी दिनुभयो।

प्रहरी निरीक्षक थापाका अनुसार मृतक गुरुङ सहित अन्य केही स्थानीय बुधबार साँझ चाैरीगाई खाेज्न छाेइला लेकमा पुगेका थिए । चट्याङबाट अन्य कुनै मानवीय क्षति नभएको र मृतक गुरुङ शबलाई मुचुल्का उठाइ आफन्तलाई बुझाएको थापाले जानकारी दिनुभयो।