
बैशाख २४,
डोल्पा : डोल्पाका यार्सा पाटन जेठ ५ गते खुला गरिने भएको छ । जिल्लाको सर्वदलिय सर्वपक्षिय वैठकले जिल्लाका सवै यार्सापाटनहरु जेठ ५ गते आम संकलकहरुका लागी खुला गर्ने निर्णय गरेको हो । शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज अन्तरगत रहेको मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिले पनि जिल्लाको सर्वदलिय सर्वपक्षिय निर्णयानुसार यार्सा टिप्न जानेहरुका लागि केहि सर्त सहितका निर्णय गरेको छ ।
मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिले जेठ ५ गते यार्सा पाटन खुला गर्नु भन्दा पहिला प्रबेशका लागि निकुञ्जको नियमानुसार ‘क’ र ‘ख’ वर्ग पुष्टी हुने परिचय खुल्ने कागजात सहित आउनुपर्ने मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष नर बहादुर बस्नेतले बताए । अध्यक्ष बस्नेतले भने ‘क’ वर्ग भन्नाले निकुञ्ज क्षेत्रका नागरिक जस्ले प्रबेश शुल्क ५ सय तिर्नुपर्छ र ‘ख’ वर्ग भन्नाले डोल्पा जिल्लाका नागरिकहरु उनिहरुले २ हजार शुल्क तिर्नुपर्दछ । यदि ‘क’ र ‘ख’ वर्ग पहिचान हुने कुनै पनि कागजात नभएको अवस्थामा ‘ग’ वर्गको अर्थात जिल्ला बाहिरका नागरिकको सरह प्रबेश शुल्क काट्नुपर्ने अध्यक्ष बस्नेतले जानकारी दिए ।

प्रबेश शुल्क काटेर यार्सा संकलकहरु पाटन पुगेपछि समितिले तोकेको क्षेत्रमा पाल टाँगेर बस्नुपर्ने जथाभावी बस्न नपाईने र फोहोर व्यवस्थापनमा सहज र सुधार गर्नका लागि निश्चित तोकिएको क्षेत्रमा बस्न मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिले सवैलाइ आग्रह गरि रहेको अध्यक्ष बस्नतले बताए । निकुञ्जको नियमानुसार प्रबेश शुल्क बाहेक मध्यवर्ती उपभोक्ता समितिले उक्त पाटनमा प्रबेश गरेर यार्सा संकलन गरे वापत सेवा शुल्क समेत लिन पाउनेछन । तोकिएको सेवा शुल्कको रसिद ठेली भने निकुञ्ज मार्फत प्रमाणित हुनुपर्ने छ र सेवा शुल्कको रकमले यार्सा पाटन व्यवस्थापनमा खर्च हुने मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको दावी छ । सेवा शुल्क वापत हरेक यार्सा संकलकले छुट्टै ५ सय तिर्नुपर्नेछ ।
निकुञ्जको कोर क्षेत्रमा निकुञ्ज र मध्यवर्ती क्षेत्र सहित निकुञ्ज क्षेत्रमा व्यवस्थापनका लागि दुवै पक्ष मिलेर एक आपसमा समन्वय गरेर काम गरि रहेको मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष नर बहादुर बस्नेतले बताए । उनले भने हामीले चोरी हुने पाटनको सुरक्षा निकुञ्जसँग मिलेर गरि रहेका छौ नागरिकले खाली पाटनमा जानु पर्दैन नियमानुसार प्रबेश शुल्क काटेर गए खाली हात फर्किदैनन । बस्नेत भन्छन प्रकृतिले जे जति दिन्छ संकलकले संकलन गरुन तर चोरी भई सक्यो भन्ने कुरामा हल्लाका भरमा नलाग्नुस जेठ ५ मा पाटन खुला हुदा हामीले चोरी हुन नदिएको महशुस गर्न पाउनेछन ।

यता शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जले यार्सागुम्बा पाउने पाटनहरु सवै हरेक हिसाबले चोरी वाट सुरक्षित राखि रहेकोले कुनै संका नगर्न भनेको छ । पाटन प्रबेशका लागि नियमानुसार नै काम भईरहेको र कोहि कसैले गलत कार्य गरेमा कानुनी रुपमा कारवाहीको भागदार हुनुपर्ने शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत नुरेन्द्र अर्यालले बताए । अर्यालले भने हामीले सबै जनशक्ति यति वेला यार्सागुम्बा व्यवस्थापनमै लगाइ रहेकाछौ तर भौगोलिक रुपमा निकै ठुलो र कठिन भएकोले चुनौती धेरै खेपि रहेका छौ सुधारउन्मुख हुदैछ । डोल्पाका बुकी पाटनहरु एक महिनाका लागि यार्सागुम्बा संकलन गर्न सवैका लागि जेठ ५ गते देखी खुला गरिने भएको छ । यार्सागुम्वा संकलमा जाने संकलकहरुले भने आफ्नो स्वास्थयको ख्याल गर्दै व्यवस्थापन सहित जान चिकित्सकले सल्लाह दिएका छन । ४ हजार मिटर भन्दा माथिको उचाईमा जानुपर्ने भएकोले लेख लाग्ने समस्या धेरै हुने हुदा सचेत रहन चिकित्सकले सुझाव दिएका छन ।
