कर्णालीका १० जिल्लाका प्रजिअसँग मुख्यमन्त्री कंडेलद्धारा भिडियो सम्वाद

जैतुन अनलाइन | २०८२ बैशाख २४ गते बुधवार

सुर्खेत : कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कंडेलले दश जिल्लाका प्रजिअसँग भिडियो सम्वाद गरेका छन । मंगलवार मुख्यमन्त्री कंडेलले भर्चुअल बैठक मार्फत १० जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसँग आउदै गरेको मनसुन र भई रहेको आगलागी जस्ता बिपदका कारण पुर्ननिर्माण,पुनस्थापना र सवलीकरणको बिषयमा चासो राख्नु भएको मुख्यमन्त्रीका प्रमुख स्वकिय सचिव सुर्यमणी गौतमले जानकारी दिए ।

मुख्यमन्त्री कंडेलले कर्णालीका १० जिल्लाको बस्तुगत जानकारी लिदै प्रदेश सरकारवाट गर्न सक्ने व्यवस्थापनका बिषयमा समेत छलफल गरिएका थिए । मनसुनजन्य र आगलागीजन्य यि दुई शिर्षकमा प्रदेश सरकारले व्यहोर्ने ३० प्रतिशत रकम तत्काल व्यवस्था गर्ने मुख्यमन्त्री यामलाल कंडेले प्रतिबद्धता जनाए । २०७७ साल देखी हाल सम्म सम्झौता गरेका पिडितलाइ स्थानीय तहले २० प्रतिशत,प्रदेश सरकारले ३० प्रतिशत र संघिय सरकारले ५० प्रतिशत व्यहोर्ने कार्यबिधिमा उल्लेख रहेको छ ।

मनसुनजन्य र आगलागीजन्य बिपतवाट पिडितहरुसँग सम्झौता भईसकेका लाभग्राहीहरुको विवरण र प्रदेश सरकारले व्यहोर्ने रकम यथासिघ्र माग गरेर प्रदेश सरकारलाई पठाउन समेत सम्बन्धित जिल्ला प्रशासनलाई निर्देशन दिएको मुख्मन्त्रीका प्रमुख स्वकिय सचिव गौतमले जानकारी दिए । प्रदेश सरकारले ४ बर्ष देखी ३० प्रतिशत रकम पिडितलाइ उपलब्ध नगराएको कारण यसै आर्थिक बर्षमा दिने व्यवस्था गर्नका लागि पिडितहरुसँग गरिएको सम्झौताको विवरण माग गरिएको हो । पिडितलाइ तेस्रो किस्ता सम्म उपलब्ध गराउने कार्यबिधिमा उल्लेख छ । कर्णाली प्रदेशमा करिव ८ सय जना पिडितलाइ ३० प्रतिशतका दरले अब १३ करोड रकम भुक्तानी गर्नुपर्ने देखिन्छ ।