शुभकामना आधारभूत बिधालय रहमा पक्की भवन र घेराबार,कम लागत राम्रो नमुना काम

जैतुन अनलाइन | २०८२ बैशाख २१ गते आइतवार

बैशाख २१,

डाेल्पा : कर्णाली प्रदेश सरकार सामाजिक विकास कार्यालय डाेल्पाद्वारा संचालित याेजनाहरुकाे अनुगमन गरिएको छ। ठुलीभेरी नगरपालिका-११ रह स्थित श्री शुभकामना आधारभूत विधालयमा यस चालू आबमा निर्माण गरिएको मेसिनरी बाल सहितको तारजाली घेराबार र गत आ.ब मा निर्माण गरिएको दुई तले बिधालय पक्की भवन, साैचालयकाे शनिबार अनुगमन गरिएको हाे।

जिल्ला समन्वय समिति डाेल्पाका प्रमुख श्याम बहादुर राेकायाकाे नेतृत्वमा रह पुगेकाे अनुगमन टाेली सामाजिक बिकास कार्यालय डाेल्पाले बिकट ठाउँमा पनि कम लागतमा पक्की संरचना बनाएको भन्दै प्रशंसाा गरेकाे थियाे। सामाजिक विकास कार्यालय डाेल्पाद्वारा यस चालू आब मा शुभकामना आधारभूत बिधालयमा रु २० लाख रुपैयाँको लागतमा शुभकामना आबिकाे कक्षा बालबिकास देखि कक्षा ५ सम्म अध्ययन अध्यापन गर्ने भवनकाे अघिल्लो भागमा मेसिनरी वाल लगाई फिल्ड बिस्तार गरि तारजालीकाे घेराबार निर्माण गरेकाे साथै साेही बजेटबाट कक्षा ६ देखि ८ सम्म अध्ययन अध्यापन हुने अर्काे भवनकाे बाल सहित तारजालीकाे घेरावार निर्माण गरिएको सामाजिक विकास कार्यालय डाेल्पाका प्रमुख धनबहादुर शाहीले बताए ।

पछिल्लो समय कार्यालयले दिर्घकालिन संरचनामा जाेड दिएकाेले काम कम भुक्तानी सबै भन्नेहरुकाे काम अनुसार मुल्यांकन गरि भुक्तानी गर्ने गरेकाे शाहीले बताए । सदरमुकाम नजिकै भएतापनि सडक संजाल र संचारले नछाेएकाे रह गाउँ स्थित बि.सं. २०३२ सालमा स्थापना भएकाे शुभकामना आबिमा हाल कक्षा बालबिकास देखि कक्षा ८ सम्म अध्ययन अध्यापन भैरहेको छ। कार्यालयले काम कडा रुपमा गर्न लगाएपनि बिधालयकाे पक्की भवन, साैचालय र मेसिनरी वाल सहितको घेराबार निर्माण भएपछि बिधालय संगै यहाँ अध्ययनरत २ सय भन्दा बालबालिका सुरक्षित हुने बिश्वास रहेकाे शुभकामना आधारभूत बिधालय रहका प्रधानाध्यापक शेर बहादुर रावतले बताए । प्रधानाध्यापक रावतले सामाजिक विकास कार्यालय डाेल्पालाई धन्यवाद व्यक्त गरेका छन।

भाैगाेलिक हिसाबले बिकट यस गाउँका बालबालिकालाई माध्यामिक तह ९-१० सम्म यतै अध्ययन अध्यापन गर्ने उदेश्य रहेकाे उनले बताए । जिल्ला समन्वय समिति डाेल्पाका प्रमुख श्याम बहादुर राेकाया, समाजिक विकास कार्यालय डाेल्पाका प्रमुख धन बहादुर शाही, शिक्षा विकास तथा समन्वय इकाई डाेल्पाका प्रमुख हर्षप्रसाद चापागाईं, जिसस सदस्य शान्तराम राेकाया, लेखा अधिकृत राजकुमार केसी, स्थानीय जनप्रतिनिधि, पत्रकार लगाएतकाे टाेली अनुगमनमा सहभाग भएकाे थियाे।