
वैशाख २०,
त्रिपुराकोट : त्रिपुरासुन्दरीमा नेपाल टेलिकम को NT FTTH सेवा सुरु भएको छ । एक कार्यक्रमका बिच त्रिपूरासुन्दरी नगरपालिकाका नगरप्रमुख जनचन्द्र रोकायाले शुभारम्भ गरेका हुन । नेपाल टेलिकम प्रादेशिक निर्देशनालय कर्णाली प्रदेशका निर्देशक डा.कमल लामिछानेको अध्यक्षतामा वालात्रिपुरा सुन्दरी मन्दिरमा FTTH पहिलो लाईन जडान गरिएको हो ।
नेपाल टेलिकमको नियमित सेवा विस्तार गर्ने कार्यक्रम अनुसार डिजिटल पालिका बनाउने हेतुले त्रिपूरासुन्दरी नगरपालिकामा NT FTTH सेवा सुरु गरिएको नेपाल टेलिकम प्रादेशिक निर्देशनालय कर्णाली प्रदेशका निर्देशक डा.कमल लामिछानेले बताए । लामिछानकाे अनुसार डोल्पामा नेपाल टेलिकमले आफ्नो सेवा विस्तारमा तिव्रता दिएको छ डोल्पामा नेपाल टेलीकमले सेवाको पहुच हरेक नागरिकले सहजै पाउनेगरी विस्तार गर्न सफल भयो भने नेपाल टेलीकम नेपालमै सफल भयो भन्ने बुझदा हुने दावी गरे।

शुक्रवार त्रिपुरासुन्दरी मा नेपाल टेलिकमको NT FTTH सेवा सुरु गरेसँगै नेपाल टेलीकमकले प्रदान गर्ने धेरै सेवाहरु पनि थपिएको दुरसञ्चार कार्यालय डोल्पाका प्रमुख दया विक्रम केसीले जानकारी दिए । कार्यालय प्रमुख केसिले भने नेपाल टेलिकम को NT FTTH सेवा सुचारु भएसँगै त्रिपुरा सुन्दरी नगरपालिका वगर बजार क्षेत्रका नागरिकले द्रुत गतिको ईन्टरनेट,फोन र IPTV सेवा उपभोग गर्न पाउने भएका छन । कर्णाली र कर्णालीको पनि डोल्पामा नेपाल टेलीकमको सेवामा सुधार,भरपर्दो र प्रभाबकारी बनाउन सदैभ तत्पर रहेको र कर्णालीका अरु जिल्लाको तुलनामा डोल्पा पहिलो प्राथमिकतामा राखेर काम गर्ने प्रादेशिक निर्देशनालय कर्णाली प्रदेशका निर्देशक डा.कमल लामिछानेले प्रतिबद्धता समेत जनाए । उनेले भने डोल्पाका सवै क्षेत्रमा नेपाल टेलीकमको सेवा विस्तार सुधार हुन्छ अहोरात्र खटेर सवै समस्याका समाधान गर्छौ ।

नेपाल टेलिकम को NT FTTH सेवा सुरु भएसँगै बैशाख महिनामा त्रिपुराकोट बगर बजार क्षेत्रका सर्वसाधारण ग्राहकलाई वितरण गर्ने तयारी रहेको र पहिलो पटक त्रिपुरासुन्दरी नगरपालिका वडा नम्बर १ र वडा नम्वर ३ को सुँ गाउँ अनि जिउँमा बितरण गरिनेछ । नेपाल टेलीकमको सेवा बिश्वासिलो हुने विश्वास लिएकोले पनि स्थानीय सरकारले गर्न सक्ने सवै खाले सहयोग गर्न तयार रहेको त्रिपूरासुन्दरी नगरपालिकाका नगर प्रमुख जनचन्द्र रोकायाले बताए । उनले भने त्रिपूराकोट वगरका मात्रै नागरिक हैनन पालिका भरका सवै नागरिकले नेपाल टेलीकमको सेवा पाउनेगरी काम गरिदिनुपर्ने र समन्वयको लागि स्थानीय सरकार तमतयार रहेको विश्वाश दिलाए ।

नेपाल टेलिकम को NT FTTH सेवा सुरु गरैसँगै ग्राहकले अब नेपाल टेलिकमको द्रुत गतिको न्युनतम (50Mbps देखी अधिकतम 1Gbps सम्मको ) इन्टरनेट NTTV, Telephone लगायतकको सेवा दिने छ। अहिले ५ सय १२ लाइन क्षमताको डिभाइस राखिएको छ । पहिलो प्राथमिकतामा त्रिपुराकोट बजार क्षेत्रमा विस्तार गर्ने र माग अनुसार नजिकका गाउँहरुमा वितरण गर्न सकिने दुरसञ्चार कार्यालय डोल्पाका कार्यालय प्रमुख दया विक्रम केसीले बताए । कार्यालय प्रमुख केसिले भने हाल नेपाल टेलीकमले नेपाल टेलिकम को NT FTTH सेवा ठुलीभेरी नगरपालिकाको वडा नम्बर ३ र ४ अनि वडा नम्बर ७,८र९ मा सेवा दिई रहेको छ ।
यसका साथै काईके गाउँपालिकामा पनि सेवालाइ थप व्यवस्थित गरिने र ठुलीभेरी नगरपालिकाको वडा नम्बर १० र ११ मा त्यसैगरी त्रिपुरा सुन्दरी नगरपालिकाको वडा नम्वर ५ को ल्हाँमा रहेको नेपाल टेलिकमको टावरमा ब्याट्रीको सम्स्यालाइ समेत तत्काल समाधान गरिने नेपाल टेलिकम प्रादेशिक निर्देशनालय कर्णाली प्रदेशका निर्देशक डा.कमल लामिछानेले बताए । यो सेवा सुरु भएसँगै सिसिटिभी पनि जडान गर्न सक्नेछन क्यामेरा डिभाइस ग्राहक आफैले किन्न पर्ने छ भने नेपाल टेलीकमले जडानको कनेक्टिभिटी र डाटा स्टोरेज दिने । सिसिटिभीको डाटा स्टोरेज भने प्रदेशमा रहनेछ डाटा स्टोरेजको समयाअवधी ३ महिना सम्मको हुनेछ । नेपाल टेलीकमवाट सिसिटिभी जडान भने हाल सम्म डोल्पामा कसैले गरेको छैन र यो सेवा नेपाल प्रहरी र स्थानीय तहले सवैभन्दा धेरै प्रयोगमा ल्यान सक्नेछन ।