डाेल्पा केन्द्र बिन्दुभएर ४ म्याग्निच्युड भुकम्पकाे धक्का

जैतुन अनलाइन | २०८२ बैशाख १४ गते आइतवार

बैशाख १४,

काठमाडौं : डोल्पामा आइतबार बिहानै भूकम्प गएको छ । आज बिहान ३ बजेर ६ मिनेट जाँदा ४ म्याग्निच्युडको भूकम्प गएको हो । डोल्पाको कान्जिरोवा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

बिहानकाे समय सबै सुतेको अवस्थामा भुकम्प गएकाे हुदा खासै भुकम्प गएकाे अनुभव गर्न नसकेको स्थानीयले बताएका छन।  डाेल्पा केन्द्र बिन्दु भएर भुकम्प गएकाे भन्ने समाचार आएपनि कतै केही क्षति भयाे कि भनेर जिल्लाका सबै ठाउँमा अवस्था बुझ्न सुरक्षाकर्म परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय डाेल्पाले जनाएको छ।