भिरवाट लडेर दुई जनाको मृत्यु

जैतुन अनलाइन | २०८२ बैशाख १२ गते शुक्रवार

बैशाख १२,

डोल्पा :  डोल्पामा भिरवाट लडेर दुई जनाको मृत्यु भएको छ । ठुलीभेरी नगरपालिका वडा नम्बर ४ भित्र पर्ने तिप्ला तातोपानी जोड्‌ने गोरेटो बाटो खन्ने क्रममा बुधवार राति लडेर दुईजनाको ज्यान गएको हो । मृत्यु हुनेमा  रोल्पा सुनछहरी गाउँपालिका ३  अन्दाजी बर्ष ३२/३३ की पार्वती घर्ती मगर र रुकुम पश्चिम आठबीसकोट नगरपालिका  ३  बर्ष १८ का किरण भण्डारी  रहेको जिल्ला प्रहरी कार्यलय डोल्पाका सुचना अधिकारी तथा प्रहरी निरीक्षक राजेस बस्नेतले जानकारी दिए । प्रहरी निरीक्षक बस्नेतका अनुसार  कामको शिलशिलामा बुधवार राती करिब ९:३० बजेको समयमा तातोपानी देखि तिप्ला गाउँ जाँदै गर्दा भिरालो गोरेटो बाटो बाट खसेर घर्ती र भण्डारीको मृत्यु भएको बताए ।

उनिहरु ठुलिभेरी नगरपालिका ४ तिप्ला गाउमा केही समय आगाडी देखि मजदुर काम गर्दै आएका थिए । बाटो खन्ने ठाउँको भिरवाट करिब ५०० मिटर तल खसेर दुवैजना मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यलय डोल्पाले जनाएको छ । प्रहरी निरीक्षक राजेश बस्नेतको कमाण्डमा SOCO सहित १५ जनाको टोली बिहीवार बिहान ७ बजे घटना स्थलमा पुगि भिर बाट लडेर मृत्यु भएका दुवैजनाकाे शब ल्याई  पोस्टमार्टमको लागि प्रहरीले जिल्ला अस्पताल दुनैमा पुर्‍याईएको छ । जिल्ला अष्पताल डोल्पामा मृतकका आफन्तहरु नपुगेकोले  पोष्ट्मार्टम हुन सकेको छैन ।