कक्षा १२ को वार्षिक परीक्षा नरोक्ने परीक्षा बोर्डको निर्णय

जैतुन अनलाइन | २०८२ बैशाख ९ गते मङ्गलवार

बैशाख ०९,

काठमाडौँ : राष्ट्रिय परीक्षा बोर्डले वैशाख ११ गतेदेखि हुने कक्षा १२ को परीक्षा नरोक्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकको बिहान बसेको बैठकले परीक्षा नरोक्ने निर्णय गरेको हो । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले परीक्षा नरोकिने र निर्धारित मितिमै हुने जानकारी दिए ।

शिक्षा ऐन जारी गर्न माग गर्दै शैक्षिक हडताल गर्दै शिक्षकहरू आन्दोलनरत भएपछि वैशाख ११ गतेदेखि सुरु हुने परीक्षा बारे अन्योल रहेको थियो । शिक्षक महासंघको आह्वानमा शिक्षकहरूले गत चैत २० गतेदेखि सडक आन्दोलन समेत गरिरहेका छन् । सरकार र महासंघका पदाधिकारी–प्रतिनिधबिचि पटक–पटक संवाद भए पनि सहमति जुट्न सकेको छैन ।

शिक्षकहरु २१ ‍औँ दिन पनि सड्कमा आन्दोलन गरिरहेको बेलामा राष्ट्रिय परिक्षा बोर्डले भने कक्षा १२ को परिक्षा तोकिएकै मितिवाट गरिने निर्णय सार्वजानिक गरेको हो । शिक्षकहरुको आन्दोलनको कारण परिक्षा हुने वा नहुने भन्ने बिषयमा बिद्यार्थिहरु अन्यौलमा रहेको बेला राष्ट्रिय परिक्षा बोर्डले तोकिएकै मितिमा परिक्षा हुने भएकोले बिद्यार्थिहरुले सोही अनुसार तयार रहन आग्रह गरेको छ ।