जिल्ला अदालतसँग कानुनी परामर्श गर्दै त्रिपुरा सुन्दरी नगरपालिका

जैतुन अनलाइन | २०८१ चैत्र २६ गते मङ्गलवार

चैत्र २६,

त्रिपुराकोट : त्रिपुरा सुन्दरी नगरपालिकामा जटिल मुद्धा नआउने गरेको पाइएको छ । मंगलवार डोल्पा जिल्लाका न्यायधिश चन्द्रदेभ भारतीले नगरपालिकाको न्यायीक समितिको अनुगमनका क्रममा जटिल खाले मुद्धा नै नभएको पाइएको हो । जिल्ला न्याधिश भारतीको टोलीले नगरपालिकाको न्यायीक समितिमा दर्ता रहेका मुद्धा र कानुनी सेवावारे न्यायपालिकामै पुगेर स्थलगत अनुगमन गरेको त्रिपुरा सुन्दरी नगरपालिका उपप्रमुख तथा न्यायीक समिती  संयोजक देबी घर्तिले जानकारी दिईन ।

संयोजक घर्तिका अनुसार यस आर्थिक बर्षमा १५ वटा मुद्धा न्यायीक समितिमा दर्ता भएका र केहि मेलमिलाप गरि सकिए पनि केहि भने छानविन मै रहेको बताईन । न्यायीक समितिमा अधिकांश मुद्धा आर्थिक लेनदेनका,श्रीमान श्रीमतीका झैझगडाका आउने गरेको घर्तिले सुनाइन । न्यायीक समिति संयोजक घर्ति भन्छीन ठुला र आप्ठ्यारा मुद्धा आएकै छैनन तर न्यायीक समितिले हेर्ने अधिकार रहेका मुद्धा भने प्रकृया पुरा गरी मेलामिलाप गरि रहेकाछौ यदि आफ्नो क्षेत्राधिकार भन्दा माथि भएमा जिल्लामा अदालतसँग समन्वय गरी काम गर्ने गरका छौ ।

मंगलवार जिल्ला अदलातका न्यायधिक चन्द्रदेब भारती सहितको न्यायलयको टोली त्रिपुरा सुन्दरीमा पुगेर न्यायीक समितिमा परेका मुद्धा फैसला कसरी गर्ने,कागजी जस्तावेजीकरण कसरी गर्ने दर्ता भएका मुद्धाका दुवै पक्षलाई कसरी पत्राचार गर्ने र कानुनी क्षेत्राधिकार बारे नगरप्रमुख प्रमुख प्रशासकिय अधिकृत र न्यायीक समिति संयोजकलाइ राखेर सुझाव र सल्लाह दिएको छ । पछिल्लो समय जिल्ला अदालतले न्यायलयका बारेका नागरिकले ग्रामिण स्तर सम्म जानकारी पाउन भन्ने उदेश्यले बिभिन्न क्षेत्रमा सचेतनामुलक कार्यक्रम गरि रहेको छ । न्यायलयले दिने सेवा वारे नागरिकले जानकार नहुदा पनि न्याय समयमा नपाएको र न्यायलय सम्म पुग्न नसकेको भन्ने हेतुले जनस्तर सम्म न्यायलयवारे जानकारी जिल्ला अदलालतले गरि रहेको छ ।