टेलिचलचित्र”कल्मली”को छायांकन शुभारम्भ

जैतुन अनलाइन | २०८१ चैत्र २३ गते शनिवार

चैत्र २२,

डाेल्पा : डाेल्पाकाे प्रसिद्ध धार्मिक स्थल बाला त्रिपुरासुन्दरी माताकाे मन्दिरबाट नेपाली कथानाक टेलि चलचित्र “कल्मली” काे छायांकन शुभारम्भ गरिएको छ। श्री माता त्रिपुरासुन्दरी मिडिया हब प्रालि द्वारा निर्माण गर्न लागेकाे टेलि चलचित्र” “कल्मली” काे बाला त्रिपुरासुन्दरी माताकाे मन्दिरमा पुजापाठ गरि छायांकन सुरु गरिएको हाे ।

शुभमुहर्त कार्यक्रममा त्रिपुरासुन्दरी नगरपालिका उपप्रमुख देवि घर्ती, निमित्त प्रमुख प्रशासकीय अधिकृत भिम बहादुर थापा र वडा नं. १ का वडा अध्यक्ष रामचन्द्र कुलालले त्रिपुरासुन्दरी नगरपालिका र माताकाे पवित्र भुमिमा छायांकन हुने टेलि चलचित्र “कल्मली” लाई सफलताको शुभकामना दिएका थिए । यहाँको परम्परागत कला सांस्कृतिक र पर्यटकीय क्षेत्रलाई टेलि चलचित्र मार्फत प्रचारप्रसार गर्न नगरपालिकाकाले आवश्यक सहयाेग र समन्वय गर्ने उनिहरुले बताएका छन। डाेल्पाकाे त्रिपुरासुन्दरी नगरपालिका लगाएत विभिन्न स्थानमा छायांकन हुने टेलि चलचित्र” कल्मली” काे कथा लेखन तथा निर्देशन बसन्त उदासले गर्ने छन ।

प्रमुख निर्मातामा हरि पन्थी र रुपचन्द्र बुढा रहेका छन। चेलि चलचित्र” कल्मली” का कलाकार रुपचन्द्र बुढा, लक्षमण देवकोटा, बसन्त उदास, ललिसा गुरुङ, एन्जिला पन्थी, बिकेश बाेहाेरा, सम्राट केसी, निरुता केसी, टेक शाही, ऋतु गुरुङ, रमिता खड्का , तारादेवि चलाउने, किस्मत शाही, कविराज भाम लगाएत अन्य कलाकारहरुकाे भुमिका रहेका रहने निर्माण पक्षले जनाएको छ ।