
चैत्र १५,
डाेल्पा : डाेल्पाकाे जगदुल्ला गाउँपालिकामा आधारभुत र माध्यमिक बिधालय स्तरीय बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएकाे छ। समाजिक विकास कार्यालय डाेल्पाकाे आयाेजनामा लागू आैषध दुर्व्यसनी विरुद्ध विधालय तथा समुदाय स्तरमा शिक्षा कार्यक्रम – २०८१ अन्तरगत बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएकाे हाे ।

बक्तृत्वला प्रतियोगितामा भगवती माबि झ्याकाेट कि संस्कृति ऐडी प्रथम, भगवती माबि कै सुशान राेकाया द्वितीय, त्रिपुरा माबि की सविना बाेहाेरा तृतीय र महादेव आबि कि आइसा लामा सान्त्वना भएकी छिन।
बक्तृत्वकला प्रतियोगितामा प्रथमले रु ५ हजार, द्वितीय हुनेले रु ४ हजार तृतीय हुनेले रु ३ हजार र सान्त्वना हुनेले रु २ हजार रुपैयाँ नगद पुरस्कार पाएका छन भने सहभागी स्वरुप सबैले रु ५ सय रुपैयाँ पाएका छन।

बक्तृत्वकला प्रतियोगितामा पालिका भित्रका ती सामुदायिक विधालय बाट ६ जना छात्र छात्राले सहभागी जनाएका थिए।
सडक सञ्चालन जाेडिए संगै बालबालिकाहरु लागू आैषध दुर्व्यसनीमा फस्न सक्ने भन्दै विधालय र समुदाय स्तरमा सचेतना फैलाउनकाे लागि बिधालय स्तरीय बक्तृत्वकला प्रतियोगिता संचालन गरेकाे सामाजिक विकास कार्यालय डाेल्पाका प्रमुख धन बहादुर शाहीले बताउनुभयो।
कार्यक्रममा सहभागी बिधार्थीहरुलाई जिल्ला प्रहरी कार्यालय डाेल्पाका प्रहरी नायब उपरीक्षक हरिकृष्ण केसी, डाेल्पाका प्रमुख जिल्ला अधिकारी राेम बहादुर महत, जगदुल्ला गाउँपालिका अध्यक्ष नारसिंह राेकायाले लागू पदार्थ भनेकाे के हाे यसले केके असर पार्छ, लागू आैषध प्रयाेग गर्दा र बिक्रि वितरण गर्दा हुने कानुनी कारबाही बारे जानकारी गराएका थिए ।


