बेवारिसे सब भेटियो पहिचान गर्न प्रहरीको अनुरोध

जैतुन अनलाइन | २०८१ चैत्र १२ गते मङ्गलवार
चैत्र १२,
डोल्पा : डोल्पामा एक जना पुरुषको बेवारिसे सव फेला परेको छ । डोल्पा छार्काताङ्सोङ गाँउपालिका २ मिसिङ बगरमा पुरुष मृतक फेला परेका हुन । यहि चैत्र ५ गते बिहान साढे ११ बजे तिर उनी वाटोमै मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी प्रमुख हरिकृष्ण केसिले जानकारी दिए । डिएसपी केसिका अनुसार बेवारिसे अवस्थामा मृतक पुरुषको वारे स्थानीयले जानकारी दिएर प्रहरीले सव ६ दिन लगाएर  जिल्ला अस्पतालमा ल्याई पुर्याएको र मृतकको सनाखत हुन नसकेको बताए ।
जिल्लावाट कुनैपनि पुरुष हराएको भन्ने सूचना नरहेको अवस्थामा मृतक पुरुषा बाहिर जिल्लाको हुन सक्ने भन्दै जिल्ला प्रहरी कार्यालय डोल्पाले सार्वजानिक सूचना जारी गरेको छ ।  मृतक सव पहिचानको लागि प्रहरीले जारी गरेको सार्वजानीक सूचना यस्तो छ ।
मृतक लास फेला परेको सम्बन्धमा”
**************************
मिति २०८१।१२।०५ गते अन्दाजी ११:३५ बजेको समयमा जिल्ला डोल्पा छार्काताङ्सोङ गाँउपालिका वडा नं. २ मिसिङ बगर भन्ने स्थानमा निम्न हुलिया भएको सनाखत हुन नसकेको मृतक लास फेला परेको हुँदा कोही कसैले चिन्नु हुन्छ भने निम्न मोबाईल नंम्बरहरुमा सम्पर्क गरि दिन हुन अनुरोध गरिएको छ ।
निम्न हुलिया :-
वर्ण गहुगोरो, उचाई ५ फिट ५ ईन्च भएको, शरीरको माथिल्लो भागमा खैरो रङको स्वीटर लगाएको, टाउकोमा खैरो रङको टोपी, शरीरको तल्लो भागमा खरानी रङको कटन पाईन्ट, पाईन्ट भित्र कालो रङको पाईन्ट, खुट्टामा SPORT लेखेको कलेजी रङमा सेतो लाईनिङ् भएको जुत्ता लगाएको, हल्का फुलेको लामो दाह्रि जुङ्गा पालेको अन्दाजी बर्ष ४५/५० जतिको पहिचान हुन नसकेको पुरुष व्यक्तीको लाश ।
निम्न मोबाईल नंम्बरहरु :-
१. कन्ट्रोल :- ०८७-५५००५६
२. कार्यालय :- ९८५८३९०५८६
३. जि.प्र.का. डोल्पा (सुचना अधिकारी) :- प्र.नि. राजेश बस्नेत सम्पर्क नंम्बर :- ९८५१२८२९७७ ।