
चैत्र ०७,
डोल्पा : डोल्पामा बर्षौ देखी ओडारमा बसिरहेकी छिन । डोल्पाको छार्काताङसोङ गाउँपालिकाको शेरी भन्ने ठाउँमा ओडारमा बस्दै आएकी हुन । सुर्खेत जिल्लाको ताताेपानी पिपलवाेट घर वताउने जमुना गिरी बर्षौदेखी बेवारीसे अवस्थामा ओडारमा बसि रहेकि छिन । अधवैसे देखिने गिरीका अनुसार उनि विगत ८ वर्ष देखि डाेल्पाको सेरि भन्ने ठाउमा ओडारमा बसेको सुनाउछिन ।
स्थानीयहरुका अनुसार उनि मानषिक रुपमा स्वस्थ नरहेको देखिने र बर्षौदेखी ओडारमै वस्ने गरेको बताउछन । धेरै जसो समय भजनकृतन गरेरै वस्ने गरेको र ओडारबाट कतै नघुम्ने गरेको स्थानीय फुर्वालामाले सुनाए । बेवारीसे अवस्थामा ओडारमा बसेको जमुना गिरीलाइ भने त्यो ठाउँ सम्म कसरी पुगे भन्ने बारे प्रष्ट छैन । जमुना भन्छिन आफु सुर्खेतको भएको र आफ्ना बुवाको नाम देवेन्द्र गिरि आमा विष्णु माया गिरि र दाजु भाइ दिपक र ललित समेत रहेको बताउछिन । प्रहरीले यो सूचना पाएसँगै उनको बारेमा जानकारि लिई रहेको र उद्धार गर्नुपर्ने अवस्था आएमा प्रहरीले उनको उद्धार गर्ने जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख प्रहरी नायव उपरिक्षक हरिकृष्ण केसिले जानकारी दिए । डिएसपी केसिका अनुसार प्रहरीले सवै अनुसन्धान गरि रहेको र स्थानीय सरकारसँग पनि समन्वय गरी जमुनाको उद्धार गरिने बताए । उनको तस्विर सहित विवरण सुर्खेतकै एक स्थानीयले मुस्ताङबाट डोल्पा आउने क्रममा भेटेर ल्याएका थिए ।