
चैत्र ०५,
डोल्पा : दुनै-ल्यासीक्याप सड्कको स्थलगत अनुगमन गरिएको छ । सोमवार जिल्लाको सर्वदलिय र सर्वपक्षिय टोलिले उक्त सड्कको दुनै देखी शहरतारा वगर सम्म स्थलगत अनुगमन गरेको हो । जिल्ला समन्वय समिति श्याम बहादुर रोकायाको संयोजकत्वमा निर्माण अलपत्र रहेको सड्कको स्थलगत अनुगमन गरिएको छ ।
दुनै-ल्यासीक्याप सड्क खण्डको २५ किलोमिटर सड्क भेरी करिडोरले २०७८ मा ठेक्का लगाएको थियो । सुर्य-श्रेया शान्तीदेभी जे.भि.ले २०७८ चैत्रमा भेरी करिडोरले २०७८ मा दुनै-ल्यासीक्याप सड्क निर्माणको लागि जिम्मा लिएको हो । कुल २८ करोडमा ठेक्का खोलिएको सड्कको निर्माण कम्पनीले भ्याट सहित १३ करोड ४० लाखमा भेरी करिडोरसँग सम्झौता गरेर निर्माणको जिम्मा लिएको थियो । करिव ४५ महिनामा सम्पन्न गर्नेगरी जि्मा लिएको सुर्य-श्रेया शान्तीदेभी जे.भि.ले ३६ महिना बिति सक्दा समेत भौतिक प्रगति १३ प्रतिशत मात्रै गरेपछि सोमवार उक्त सड्कको जिल्लाको सर्वदलिय सर्वपक्षिय टोलीले सड्कको स्थलगत अनुगमन गरेको काईके गाउँपालिकाका अध्यक्ष अंगद कुमार रानाले जानकारी दिए ।

अध्यक्ष रानाका अनुसार निर्माण कम्पनीलाइ बिभिन्न मितिमा निर्माण कार्य अघि बढाउन ताकेता गराएपनि वास्ता नगरि काम नगरेको र नागरिकले निर्माण ब्यावसायीले कामको जिम्मा लिएदेखी झनै दुख पाइ रहेको बताए । समयमा काम नगरिदएर नागरिकले आज सम्म पाउने सड्क सेवा समेत नपाएको र जनताहरु आक्रोश पोखि रहेकोले जिल्लाकै सर्वदलिय सर्वपक्षिय अनुगमन गराउन बाध्य भएको अध्यक्ष रानाले सुनाए । निर्माण व्यासायिले अब काम गर्न पाउने समय ९ महिना मात्रै रहेको र यो समयमा काम नहुने भन्दै स्थानीयहरुले सम्झौता रद्ध गर्न समेत दवाव दिइ रहेका छन । स्थलगत अनुगमन गर्दा धेरैको प्रश्न एकै थियो कि भेरी करिडोरको लापरवाहीका कारण निर्माण व्यावसायीले सड्क अलपत्र पारेको हो ।
हाल सम्म भएको १३ प्रतिशत कामको अवस्था हेर्दा भेरी करिडोरले दक्ष जनशक्ति निर्माण स्थलमा नराखेको र प्राबिधिक हिसाबले काम नगरेको प्रमुख जिल्ला अधिकारी रोम बहादुर महतले बताए । प्रजिअ महतले भने निर्माण व्यावसायीले सड्क निर्माणका लागि कुनैपनि उपकरण र कामदार नराखेकोले गम्भीर लापरवाही छ अव छोटो समयमा काम धेरै प्रतिशत हुन्छ भन्ने कुनै आधार देखिदैन । भेरी करिडोरको कार्यालय जाजरकोटमा राखेर डोल्पाको क्षेत्र हेर्ने र दक्ष प्राबिधिकहरु निर्माण स्थलामा नबस्ने गरेकोले नै सड्कको भौतिक प्रगति न्युन रहेको प्रजअ महतको दावी छ ।

जिल्लामा क्रियाशिल राजनितिक दलका प्रमुख र प्रतिनिधिहरुले भने भेरी करिडोरले डोल्पामै कार्यालय स्थापना गरि काम गरे मात्रै सड्कको भौतिक प्रगति देखिन्छ । सामान्य जाली भर्ने र डोजर लगाएर खन्ने सम्मको काम समेत नगरेकोले कार्यालय र निर्माण व्यावसायीको गम्भीर लापरवाही भएको राजनतिक दलका नेताहरुको बुझाई छ । स्थानीयहरुको ठुलो आक्रोश छ हरेक दिन दैनिक उपभोग्य सामाग्री समेत बोकेर र खच्चडमा महगोमा ढुवानी गरेर खान बाध्य बनाएको स्थानीय राज कुमार रोकायाले दुखेसो पोखे । पहिला सहज थ्यो अहिले त झनै दुख पाएका छौ कहिले निर्माण हुन्छ सड्क अनि हामीले उपभोग गर्न पाउछौ रोकायाले भेरी करिडोर र निर्माण व्यावसायीसँग आक्रोश समेत पोखेका थिए ।

सुर्य-श्रेया शान्तीदेभी जे.भि.का प्रतिनिधि भिम बहादुर बोहोराले भने हामीले काम गरि रहेकै छौ तर पछिल्लो समय बिभिन्न कारण काम नभएर केहि कम्जोरी भएको हो । बोहोरा भन्छन निर्माणको काम कडा चट्टान भएकोले पनि कामले भौतिक प्रगति नदेखिएको भन्दै बिष्पोटक पदार्थ खरिदका लागि सम्सया भएको र ढिलाइ भएकोले काम रोकिएको बताए । ठुलाठुला चट्टान छन हामीले डोजरले काम गर्ने अवस्था छैन सवैले बिष्पोटक पदार्थका लागि पहल गरे काम समप्न हुनेमा बिश्वस्त हुन समेत आग्रह बोहोराले गरे । यता भेरी करिडोरले भने निर्माण ब्यावसायीले सामान्य डोजरले खन्न सक्ने र चट्टानमा समेत ब्रेकर समेत प्रयोग नगरेकोले काममा समस्या आएको जनाएको छ ।

जिल्लाको सर्वदलिय सर्वपक्षिय अनुगमनले दुनै-ल्यासीक्याप सड्क अलपत्र रहेको र निर्माण व्यावसायी र भेरी करिडोरले लापरवाही गरि निर्माण कार्यको भौतिक प्रगति न्युन भएको अनुगमन टोलीका संयोजक जिल्ला समन्वय समिति प्रमुख श्याम बहादुर रोकायाले जानकारी दिए । राज्यले लगानी गरेको लगानी समेत लापरवाहीको कारण खेर गै रहेको र सड्क निर्माणको काम समेत समयमा नभएकोले नागरिकले दुख पाइ रहेको रोकायाले बताए । अब बाँकी रहेको ९ महिनामा काम हुने कुरामा बिश्वस्त नरहेको र सम्बन्धीत निकायमा कानुनी कारवाहीका लागि जिल्लाको सर्वदलीय सर्वपक्षिय अनुगमन टोलीले निर्णय समेत गरेकोले सोहि अनुसार जिल्लाले खवरदारी गरेको समन्य प्रमुख रोकायाले जानकारी दिए । सड्कको निर्माण कार्य अलपत्र रहेकोले काईके सहित माथिल्लो डोल्पाका नागरिकले सास्ति भोगि रहेका छन ।
