संचारकर्मीलाई यौन तथा प्रजनन स्वास्थ्य शिक्षा सम्बन्धी तालिम सम्पन्न

जैतुन अनलाइन | २०८१ चैत्र २ गते शनिवार

चैत्र ०२,

डोल्पा :  जिल्लामा क्रियाशील पत्रकारहरुकाे सहभागीतामा दुई दिने याैन तथा प्रजनन स्वास्थ्य र अधिकार बिषयक तालिम सम्पन्न भएकाे छ। किशोरी सशक्तीकरण परियाेजना अन्तरगत स्याक नेपालकाे आयाेजनामा प्लान इन्टरनेशनल नेपाल र जर्मन कर्पाेरेसनकाे सहयाेग र नेपाल पत्रकार महासंघ डाेल्पा शाखाकाे सहकार्यमा दुई दिने तालिम सम्पन्न भएकाे हाे।

यहीँ चैत्र १ र २ गते सदरमुकाम दुनै बजारमा सहभागी पत्रकारहरुलाई याैन तथा प्रजनन स्वास्थ्य र अधिकार सम्बन्धि कसरी ग्रामीण भेगमा पुगेर रिपोर्टिङ गर्न सकिन्छ भन्ने बिषयमा प्रशिक्षण दिइएकाे प्रशिक्षक सविन सिंहले बताउनुभयो। संचारकर्मीहरुले समाजमा सकरात्मक सन्देश कसरी दिन सकिन्छ। समाचार सम्पादन , खाेज पत्रकारिता तथा सामाग्रीहरुका आधारहरु केके हुन, कार्यक्रमहरु निर्माण गर्दा कथा बिषय बस्तु कसरी छनाैट र निर्माण गर्ने, प्रविधिलाई कसरी प्रयाेग गर्न सकिन्छ भन्ने बिषयमा छलफल गरिएको छ।

डाेल्पामा परम्परागत, धार्मिक सांस्कृतिक लगाएतका विभिन्न कारणले हुने  बाल बिवाहा, महिला हिंसा , महिला तथा किशोरीलाई हुने प्रजनन स्वास्थ्य र अधिकारका बिषयमा संचारकर्मीहरुले कसरी समाचार तथा लेख रचना, श्रब्य दृश्य मार्फत बारिर ल्याउन सकिन्छ भन्ने बिषयमा तालिममा जाेड दिईएकाे थियाे। यस्तै विभिन्न बिषयमा संकलन गरिएको सामाग्री मार्फत अध्ययन गरिएकाे थियाे। संचारकर्मी दुई दिने याैन तथा प्रजनन स्वास्थ्य र अधिकार बिषयक तालिममा सिकेका कुरालाई व्यवहारीक रुपमा लागू गर्न सहभागीहरुलाई प्रशिक्षक सविन सिंहले आग्रह गरेका थिए।

याे तालिममा सिकेका ज्ञान सिपहरु महत्त्वपूर्ण भएकाे हुदा सम्बन्धित कार्यक्षेत्रमा लागू गर्ने सहभागी पत्रकार  मेनुका बुढाले बताइन । जिल्लामै महत्त्वपूर्ण तालिमकाे आयाेजना गरेकाेमा सहयाेगी र आयाेज संस्थालाई सहभागीहरुले धन्यवाद दिएका थिए । याैन तथा प्रजनन स्वास्थ्य र अधिकार सम्बन्धि तालिम शिर्षक भएता पनि समग्र बिषय बस्तुमा जान्ने अवसर भएकाे नेपाल पत्रकार महासंघ डाेल्पाका अध्यक्ष सराेज थापाले बताए। महत्त्वपूर्ण विषय बस्तुमा तालिम संचालन गरेकाेमा आयाेजक तथा सहयाेगी संस्थालाई अध्यक्ष थापाले धन्यवाद दिए।

 

डाेल्पाका प्रमुख जिल्ला अधिकारी राेम बहादुर महतले तालिम समापन समारोहमा शुभकामना व्यक्त गर्दै कानुनमा भएकाे बिषयलाइ कार्यनयन गर्नु प्रत्येक व्यक्तिको दायित्व रहेकाे बताए। डाेल्पामा बाल बिवाहा, महिला हिंसा लगाएका धार्मिक सांस्कृतिक सामाजिक विकृतिहरु रहेकाे हुदा परिवर्तनको लागि  खाेज पत्रकारिता आवश्यक रहेकाे जानकारी दिए । खाेज पत्रकारिताकाे अवसरमा सुरक्षामा कुनै समस्या भए प्रशासनले सुरक्षा दिन तयार रहेकाे समेत प्रतिबद्धता प्रजिह महतले जनाए ।

जिल्लाकाे हरेक क्षेत्रकाे बिकासकाे लागि सहि सुचना मार्फत परिवर्तन गर्न सक्ने क्षेमता पत्रकार र संचारमाध्यमहरुकाे उत्तिकै भुमिका रहेकाे प्रजिअ महतले बताए। याैन तथा प्रजनन स्वास्थ्य र अधिकारका बिषयमा डाेल्पाका विभिन्न स्थानमा जिल्लाका पत्रकारहरु संग सल्लाह सहकार्य गर्न तयार रहेकाे स्याक नेपाल डाेल्पाका प्रमुख प्रेम सिंह ठकुरीले बताए। तालिममा सिकेका ज्ञान सिपलाई ब्यबहारमा लागू गर्न उहाँले आग्रह समेत गरे ।