
फागुन २४,
डोल्पा : डोल्पा जिल्लाको ल्यासीक्याप-धो सडक् निर्माणको जिम्मा नेपाली सेनालाई दिन सरकारसँग पूर्व शहरी विकास मन्त्री धन बहादुर बुढाले माग गरेका छन । शुक्रवार संघिय संसदमा बिशेष समयमा बोल्दै बुढाले सरकारले करिव ३३ किलोमिटर कडा चट्टान रहेको ल्यासीक्याप शिसौल सड्क निर्माणको जिम्मा नेपाली सेनालाइ तत्काल दिनुपर्ने जोडदार माग गरेका हुन ।
भारतको जमुहनाहा नाकादेखी चिनको मरिम्ला क्याटो जोडिने त्रिदेशिय सवैभन्दा सहज र छोटो सड्क भएपनि सरकारले ल्यासीक्याप धो सड्क खण्डमा पर्ने ३३ किलोमिटर कडा चट्टान रहेको भुभागमा ट्रयाक खोलन नसकेर डोल्पाका नागरिकले दुख पाएको बताए । पूर्व शहरी विकास मन्त्री बुढाले भने नेपाली सेनालाइ निर्माणको जिम्मा दिन सवै प्रकृया भएर भौतिक मन्त्रालयमा फाईल तयार छ तर मन्त्रीपरिषदको निर्णय समयमा नभएकोले काम रोकियो सरकारले तत्काल निर्णय गरेका काम अघि सारिदियोस ।
भेरी करिडोर अन्तरगत रुकुम पश्चिमको तल्लुदेखी डोल्पाको त्रिपूराकोट सम्मको लागि ४ अर्व भन्दा धेरै रकम आफ्नो विशेष पहलमा रकम शुनिस्चित भएर सड्क स्तरोन्नतीको लागि ठेक्का समेत लागि सकेको र दुनै ल्यासीक्याप धो मरिम्ला सड्क स्तरोन्नती एवम सड्क निर्माणको काम नेपाली सेनालाइ सरकारले जिम्मा दिएर त्रिदेशिय सड्क खुला गर्न सरकारसँग बुढाले माग गरेका हुन ।
हाल कर्णाली प्रदेशको राजधानी सुर्खेत देखी डोल्पा सदरमुकाम दुनै सम्म २ सय ४८ किलोमिटर सड्क जोडीएर यातायातमा सहजता भएको छ । दुनै ल्यासीक्याप सड्क निर्माण कार्य अलपत्र हुदा काईके गाउँपालिका सहित माथिल्लो डोल्पाका नागरिकले भने सास्ति खेप्दै आई रहेकाछन । माथिल्लो डोल्पाका तिनवटै स्थानीय तह भने तिव्बतवाट सड्कमा जोडीएपनि सदरमुकाम दुनैवाट सड्कमा जोडिन सकेका छैनन तर छार्का ताङसोङ गाउँपालिका भने छिमेकी जिल्ला मुस्ताङवाट सडक् सञ्जालमा जोडीएको छ ।
भेरी करिडोरको स्तरोन्नती भएर दुनै देखी ल्यासीक्याप धो मरिम्ला सड्क पूर्ण रुपमा जोडीएमा कर्णाली प्रदेश तिव्बतसँग दुई क्षेत्रवाट सहजै जोडिने छ । हुम्लाको हिल्सा र डोल्पाको मरिम्ला अनि क्याटोवाट चिनको तिव्वतसँग जोडिनेछ । हुम्लाको हिल्सा सरकारले आधिकारीक रुपमा खुला गरेको भएपनि डोल्पाको मरिम्ला र क्याटो भने सरकारको प्राथमिकतामा परेको छैन । माथिल्लो डोल्पाका नागरिकको लागि ब्यापारी हिसाबले बर्षको श्रावणमा दुइ साताको लागी अस्थाइ रुपमा खुल्ने गर्दछ । माथिल्लो डोल्पाका स्थानीय सरकार प्रमुखहरु भन्छन डोल्पाको नाका खोल्न सरकारले वास्ता गरेको छैन ।