श्रमिक दिवसमा ट्रेड युनियन डोल्पाले वितरण गर्यो श्रमिकलाई सुरक्षा सामाग्री

जैतुन अनलाइन | २०८१ बैशाख १९ गते बुधवार

बैशाख १९,

डोल्पा : नेपाल ट्रेड युनियन काँग्रेस जिल्ला समिति डोल्पाले श्रमिकलाई सुरक्षा सामाग्री बितरण गरेको छ । १३५औँ अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा डोल्पा सदरमुकाम दुनैमा एक कार्यक्रमका बिच जिल्लामा निर्माण र मर्मत क्षेत्रका १५ जना श्रमिकलाई सुरक्षा सामाग्री बितरण गरेको हो । नेपाल ट्रेड युनियन जिल्ला समिति डोल्पाका पदाधिकारिहरुबाट २५ हजार  रकम संकलन गरि  १३५ औँ अन्तराष्ट्रिय श्रमिक दिवसमा श्रमिकहरुलाइ सुरक्षा सामाग्री प्रदान गरेको नेपाल ट्रेड युनियन डोल्पाका सचिव नवराज भट्टराईले जानकारी दिए।

सन १८८६ मा अमेरिकाको सिकागो बाट श्रमिकको हितमा आन्दोलन सुरु भएपछि हाल बिश्वभर मे १ तारिकलाइ अन्तराष्ट्रिय श्रमिक दिवसका रुपमा मनाउन थालिएको छ । ८ घण्टा काम ८ घण्टा आराम र ८ घण्टा मनोरञ्जन भन्ने मुल नारा सहित सुरु भएको श्रमिकहरुको आन्दोलनले सार्थकता पाएसँगै हाल बिश्वभर श्रमिक दिवस मनाइन्छ । श्रम शक्तिलाई सम्मान गरौ श्रम शक्ति नै राष्ट्रको शक्ति हो भन्ने नारा सहित १३५ औँ अन्तराष्ट्रिय श्रमिक दिवस डोल्पामा नेपाली काँग्रेसको भातृ संगठन नेपाल ट्रेड युनियनले मात्रै मनायो ।

श्रमिकका हितमा सदैब नेपाली काँग्रेस लडि रहने र पार्टीले सबै किसिमका श्रमिकका लागि अग्रपंतिमा काम गर्नुपर्ने नेपाली काँग्रेस जिल्ला समिति डोल्पाका पार्टी सचिव हिक्मत शाहीले जोड दिए ।सचिब शाहीले भने श्रमिक दिवसमा मनाउन कुनै पार्टि चाहिदैन तर यो कार्यक्रममा अन्य दलका कर्मचारी नेताको उपस्थिति नहुनु दुखद रहेको बताए । नेपाल ट्रेड युनियन सदैभ सबै श्रमजिबिहरुको पक्षमा रहेकोले पार्टीले पनि सहयोग गरिदिनु पर्ने भन्दै पार्टीको सहयोगको खाँचो अझै धेरै रहेकाे नेपाल ट्रेड युनियन जिल्ला समिति डोल्पा अध्यक्ष संगिता कार्किले बताइन । अध्यक्ष कार्किले भनिन हामीले डोल्पामा श्रमिकहरुलाई थोरै भएपनि सुरक्षाका सामाग्रीहरु प्रदान गरेका छौ यो थालनी हो सबैले मिलेर गरुम श्रमिकको सुरक्षा भए देशमा सम्बृद्धि सहजै आउछ श्रमिकले उचित श्रमको मुल्य पाउनु पर्छ । नेपाल ट्रेड युनियनले आयोजना गरेको कार्यक्रममा नेपाली काँग्रेस सँग आबद्ध रहेका बिभिन्न भातृसंगठनहरुका नेताहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।