रास्वपा डोल्पा: ठूलीभेरीको पहिलो वडा अधिवेशन सम्पन्न, सभापतिमा हिमाल रोकाया

साझा कर्णाली | २०८३ कार्तिक १९ गते बुधवार

कात्तिक १८,

डोल्पा: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले डोल्पाको ठूलीभेरी नगरपालिका वडा नम्बर ६ मा पहिलो वडा अधिवेशन सम्पन्न गरेको छ। पहिलो वडा अधिवेशनवाट वडा कमिटीको सभापतिमा हिमाल रोकाया चयन भएका हुन ।

यहि कात्तिक १७ गते सम्पन्न अधिवेशन जिल्ला पार्टी सचिव ज्ञानबहादुर बुढाको संयोजक्तवमा जिल्लामा अन्य सदस्यहरुको समेत बिशेष उपस्थिति रहेको थियो । (रास्वपा) डोल्पाले पछिल्लो समय वडा कमिटी गठन गरेर अधिवेशन गर्ने क्रममा मंगलवार ठुलीभेरी नगरपालिका ६ मा अधिबेशन सम्पन्न गर्दै  जिल्ला पार्टी सदस्य रहेका हिमाल रोकायाको नेतृत्वमा वडा कमिटी गठन सम्पन्न गरेको हो।

अधिवेशनले हिमाल रोकायालाई वडा सभापतिमा चयन गरेको छ। त्यसैगरी चन्द्रबहादुर बुढा उपसभापति र रमेशराज रोकाया सचिवमा चयन भएका छन्। नवनिर्वाचित पदाधिकारीहरूले पार्टीको नीति, विचार र सिद्धान्तलाई वडा तहसम्म पुर्‍याउँदै संगठन विस्तार तथा सुदृढीकरणमा सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको (रास्वपा) डोल्पा जिल्ला सचिव ज्ञान बहादुर बुढाले बताए।

सचिव बुढाले भने यस अधिवेशनसँगै ठूलीभेरी नगरपालिका–६ मा राष्ट्रिय स्वतन्त्र पार्टीको संगठनात्मक गतिविधिले थप गति लिने विश्वास गरिएको छ। यस भन्दा पहिला ठुलीभेरी नगरपालिका ४ को समेत वडा अधिवेशन सम्पन्न (रास्वपा) डोल्पाले गरि सकेको छ । आगामी मंसिरमा जिल्ला अधिबेशन गर्ने समयसिमा अनुसार (रास्वपा)  डोल्पाले पार्टीका संगठन बिस्तारका काम तिब्र पारी रहेको (रास्वपा)  कर्णाली प्रदेश कमिटी सदस्य सन्तोष बुढाथोकिले जानकारी दिए ।