केक काटेर मनाईयो दुनै शाखामा नेपाल बैँकको ९० औँ बार्षिक उत्सव

जैतुन अनलाइन | २०८३ मङ्सिर १ गते सोमवार

कार्तिक ३०,

डोल्पा : नेपाल बैँकको ९० औँ बार्षिक उत्सव मनाएको छ । सोमवार नेपाल बैँक दुनै शाखाले एक कार्यक्रमका बिच बैँकको ९० औँ बार्षिकउत्सव मनाएको हो । बैँक स्थापनाको ९० बर्ष पूरा भएको शुअवसरमा देशभर बार्षिक उत्सव मनाइ रहदा डोल्पाको पहिलो शाखा दुनै शाखाले पनि केक काटेर बार्षिक उत्सव मनाए छ ।

गत बर्ष ८९ औँ बार्षिक उत्सममा डोल्पा जिल्लामा पहिलोपटक एटिएम मेसिनको स्थापना गरेको नेपाल बैँक दुनै शाखाले ९० औँ बार्षिक उत्सवमा शाखामा झकिझकाउ पार्दै जिल्लाका आफ्ना बिशेष ग्राहक सरोकारवाला निकाय र उधोग बाणिज्य संघ डोल्पाका अध्यक्ष लाइ समेत आमन्त्रण गरी केक काटेर मनाएको हो ।

बार्षिक उत्सवमा उपस्थित बक्ताहरुले बोल्दै सेवा जिल्लामै नेपाल बैँकको प्रभाकारी भएको र अझै थप ब्यवस्थित बनाउ सुझाव समेत दिदै शुभकामना प्रदान गरे । कार्यक्रममा बोल्दै जिल्ला अदालत डोल्पाका श्रेस्तेदार बिदुर कोईरालाले नेपाल बैँक नेपालको पहिलो बैँक रहेको र अथाह सम्पत्ती हुदा पनि अझै ब्यवस्थापन गर्न नसकेपनि अरु बैँक भन्दा सेवा डिजिटलाईज गर्नमा निकै पहिलो रहेको दाबी गरे । कोइरालाले  १४ अर्ब १६ करोड भन्दा धेरै पुजी भएको नेपाल बैँक सेवाग्राहीको निकै बिश्वासिलो बैँक रहेको समेत प्रशंसा गरे ।

 

प्रमुख अतिथिको रुपमा रहेका डोल्पा उधोग बाणिज्य संघका अध्यक्ष लालिमान बुढाले नेपाल बैँकले कर्जा प्रबाह राम्रो गरेको र अव जिल्ला भित्रकै धितोबाट व्यावसायी कर्जा दिनुपर्नेमा जोड दिए । अध्यक्ष बुढाले भने डोल्पा जिल्लामा रहेका दुनै बाहेक जगदुल्ला गाउँपालिका र काईके गाउँपालिकामा रहेका नेपाल बैँकका शाखा वाट समेत श्रृण प्रबाह गर्नुपर्ने सुझाब समेत दिए । पहिलेको तुलनामा अरु भन्दा निकै धेरै सेवामा सरल र सहज बनाएको र एक शाखाको जिम्मेवारका हिसाबले शाखा प्रबन्धकले गर्ने कार्य निकै उत्कृष्ट गरेको भन्दै दुनै शाखा प्रमुख रबि भण्डारीलाई अध्यक्ष बुढाले धन्यवाद समेत प्रदान गरे ।

बैँकको ९० औँ बार्षिक उत्सव कार्यक्रमलाइ समापन गर्दै दुनै शाखाका प्रमुख रवि भण्डारीले भने एटीएम संचालनसँगै नेपाल बैँक दुनै शाखा स्थापना भएको आधा दशक पूरा भएको छ हामी सेवा सहज सुलभ बनाउने प्रयास गरि रहेका छौ । पहिला सुन कर्जा पेन्सन बाहेक अरु कर्जा सन्स्चालन नगरेको बैंक ले हाल ब्याबसायी कर्जा,होटेल ब्याब्सायिलाइ गाडी कर्जा,निर्माण ब्याबसायी कर्जा लगायत अन्य ७”वटा कर्जा दिने गरेको भण्डारीले जानकारी दिए ।

भण्डारीले भने हाल डोल्पाको दुनै शाखामा कुल बचत ६८ करोड छ भने लोन २६ करोड बढि रहेको छ । यसै बर्षबाट इन्जिनियर राखेर जिल्लाकै धितो राखेर रिन प्रभाव गरिएको समेत जानकारी शाखा प्रबन्धक रवि भण्डारीले बताए । धितोको काम गर्दा भौगोलिक कठिनाई छ तर पनि सकिने जतिको ब्याबसायिलाइ धितो राखेर दिन सकिने र नितिगत रुपपा मापदण्ड पुगेका लाई दिन सकिन प्रतिबद्धता गरे ।

अन्तमा भण्डारी भने फोन पे समेत बितरण गरिएको र कर्मचारीलाई क्रेडिट कार्ड दिएको जस्ले ४५ दिन सम्म बैँकको पैसा सहजै कर्मचारीले चलाउन सक्ने बताए । नेपाल बैँक दुनै शाखाले कृषि अनुदान दिने कृषि मन्त्रालयले ५० प्रतिशत सम्म अनुदान दिने र लोन दिने गरेको छ । डोल्पामा स्याउ खेती गर्नेलाइ अनुदान दिने गरेको जानकारी दिए भने बैँकले नितिगत रुपमा दिने सवै खाले सेवा सहज र सरल अनि प्रभाबकारी बनाउनेमा ढुक्क हुन सवै सेवाग्राहीहरु समक्ष  शाखा प्रबन्ध भण्डारी प्रतिबद्धता समेत गरे ।