डोल्पामा गम्भीर अवस्थाकी सुत्केरीको उद्धार

साझा कर्णाली | २०८३ कार्तिक १८ गते मङ्गलवार

कात्तिक १७,

डोल्पा: सुत्केरी भएपछि पाठेघरमा समस्या देखिएर गम्भीर बनेकी डोल्पाकी एक महिलाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
छार्काताङसोङ गाउँपालिका–कागकोटकी २६ वर्षीया जुनु बुढालाई थप उपचारका लागि मंगलबार हेलिकप्टरमार्फत सुर्खेतस्थित कर्णाली प्रदेश अस्पताल पठाइएको हो ।
सुत्केरी व्यथाले च्यापेपछि उनलाई जिल्ला अस्पताल पुर्‍याइएको थियो । अस्पतालमा सुत्केरी गराएपछि पाठेघरमा समस्या देखिएको र उपचारका क्रममा स्वास्थ्य अवस्था थप जटिल बनेको जिल्ला प्रशासन कार्यालय डोल्पाले जनाएको छ ।
जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि सुर्खेत पठाउनुपरेको प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालले जानकारी दिइन् ।