कादुरीले बनाईदियो फोक्सुण्डो ताल क्षेत्रको वस्ती नै बिजुलीले झलमल्ल

जैतुन अनलाइन | २०८२ साउन २६ गते सोमवार

श्रावण २६,

फोक्सुण्डो :  नेपालको गहिरो ताल फोक्सुण्डोमा बिजुली झलमल्ल भएको छ । कादुरी नामक संस्थाले कुल १७ करोड ३२ लाख लागतमा ३ बर्ष लगाएर ७० किलोवाट क्षमताको फोक्सुण्डो लघु जलबिधुत आयोजना निर्माण गरी स्थानीय सरकारलाई हस्तानतरण गरेको हो ।

सोमवार एक कार्यक्रमका बिच कादुरी संस्थाका प्रमुख प्राबिधिक डाक्टर नारायण गुरुङ्गले शे-फोक्सुण्डो गाउँपालिकाका अध्यक्ष धावा सम्डुक गुरुङ्ग र वडा नम्बर ८ का अध्यक्ष निमा लामा र बिजुली उपभोक्ता समितिलाइ संयुक्त रुपमा फोक्सुण्डो लघु जलबिधुत आयोजना हस्तानतरण गरेको शे-फोक्सुण्ड‌ो गाउँपालिकाका अध्यक्ष धावा सम्डुक गुरुङ्गले जानकारी दिए ।

शे-फोक्सुण्ड‌ो गाउँपालिकाको वडा नम्बर ८ रिग्मो गाउँ सहितका १ सय २० घरधुरीका करिव १ हजार भन्दा धेरै जनसंख्या यस कादुरी संस्थाले उत्पादन फोक्सुण्डो लघु जलबिधुत आयोजना गरेको बिजुलीवाट लाभाम्बीत हुनेछन । नेपालको गहिरो र कञ्चन ताल फोक्सुण्ड‌ो तालवाट बाहिरीने पानीवाट उत्पादन गरिएको यो विजुलीले तालमा जाने पर्यटकले समेत सुगमको भन्दा अझै आनन्दको महसुस हुनेगरी उपभाेग गर्न पाउनेछन । पर्यटकले चार्जमा भोग्ने समस्याको पूर्ण रुपमा अन्त भएको छ भने नागरिकले सधैभर उज्यालोको अनुभुति गर्नेछन ।

यति ठुलो लागतमा फोक्सुण्डो लघु जलबिधुत आयोजना निर्माण गरी स्थानीय सरकारलाइ थप उर्जा थप्नेगरी सहयोग गरेकोमा शे-फोक्सुण्ड‌ो गाउँपालिका अध्यक्ष धावा सम्डुक गुरुङ्गले कादुरी संस्थालाई धन्यवाद ज्ञापन गरे । अध्यक्ष गूरुङ्गले भने हामीसँग कादुरी संस्थालाई सम्मान गर्ने कुनै शब्दै नै छैनन तर पनि सिंगो शे-फोक्सुण्ड‌ो गाउँपालिकाको तर्फवाट निर्माण क्षेत्रमा नेपालमै अब्बल संस्था कादुरी संस्थालाई आभार सहित कृतज्ञता प्रकट गर्दछौ ।

नेपाली ब्रिटीस सैनिकहरुको संस्थाका रुपमा रहेको कादुरी नामक संस्थाले शे-फोक्सुण्ड‌ो गाउँपालिका मात्रै हैन डोल्पा जिल्लाको जगदुल्लामा पनि केहि बर्ष पहिला ५० किलोवाटको बिजुली उत्पादन गरी स्थानीयलाइ हस्तानतरन गरेको थियाे । यस्का साथै पुल निर्माण र खानेपानीका काम जगदुल्ला गाउँपालिका,त्रिपुरासुन्दरी नगरपालिका, शे-फोक्सुण्ड‌ो गाउँपालिका र छार्काताङसोङ गाउँपालिका समेत गरेको छ ।