
बैशाख २३,
त्रिपुराकोट : डोल्पाको त्रिपुराकोट वगरमा भएको नि:शुल्क स्वास्थ्य शिविरमा १ सय १३ जनाले सेवा लिएका छन । एक दिने नि:शुल्क स्वास्थ्य शिविरमा ३ सय १३ जना सेवाग्राहिले स्वास्थ्य सेवा लिएका हुन । शिविरमा विशेषगरी महिलामा देखिने प्रसवपश्चातको फिस्टुला, कुष्ठरोगजस्ता छालासम्बन्धी जटिल रोग तथा लामो समयदेखि सन्तान नभएकाहरूमाझ प्रजनन समस्या समाधानमा केन्द्रित सेवा दिईएको थियाे ।
शिविरमा प्रजनन रुग्नताको परिक्षण ९० जनाको गरियाे भने आँङ् खस्ने रोगका दोस्रो चरणमा रहेका ४ जना महिलालाइ रिङ्पेसरीद्धार उपचार गरिएको फाेकल पर्सन पुष्पा रावतले जानकारी दिईन । रावतका अनुसार शिविरमा भिआईए पोजेटिभ ३ जना भिआईए सस्पेक्टेट एक जना रहेको र थप चेकजाँचको लागि ४ जनालाई नै एक महिना पछि जिल्ला अस्पताल डोल्पामा पुन चेक गरिने बताइन । त्रिपुरासुन्दरी नगरपालिकाको आयोजनामा गरिएको एक दिने नि:शुल्क स्वास्थ्य शिविरमा एकजनालाइ ईनप्लान्टको उपचार समेत गरिएक सृजना बोहोरा जानकारी दिईन

त्रिपुरासुन्दरी नगरपालिकाको आयोजनामा स्वास्थ्य सेवा कार्यालयको समन्वय, प्लान इन्टरनेशनल नेपाल र जर्मन कोर्पोरेशनको सहयोगमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । स्वास्थ्य शिविरमा साइनिङ नेपाल र आइएनएफ नेपाल (INF Nepal) सुर्खेतको प्राविधिक सहयोग रहेको छ त्रिपुरासुन्दरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत भिम बहादुर थापाले जानकारी दिए ।
एक दिने शिविरमा जिल्ला अस्पताल दुनैका डाक्टर भीमबहादुर बुढा र आइएनएफ सुर्खेतका डाक्टर सुभक्षा देवा श्रेष्ठ नेतृत्वको स्वास्थ्य टोलीले बिरामीहरूको परीक्षण र परामर्श दिएका हुन। यो शिविर निकै प्रभाबकारी भएको र बेलाबेलामा यस्ता शिविर भए महिलाहरुको स्वास्थ्यमा सुधार हुनेमा बिश्वस्त रहेको उपचारमा आएका महिलाहरुले सुनाउदै खुसि ब्यक्त गरेको त्रिपुराकोट स्वास्थ्य चौकिका स्वास्थ्यकर्मिले सुनाए ।