पर्यटन,संस्कृति,हवाई उड्यनसम्बन्धी नीतिहरू परिमार्जन गर्छौं : मन्त्री पाण्डे

जैतुन अनलाइन | २०८१ असोज १ गते मङ्गलवार

काठमाडौं : संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्री पाण्डे संसदको हिउँदे अधिवेशनबाट मन्त्रालय सम्वद्ध ऐनहरू संशोधन हुने बताएका हुन्। मंगलबार नेपाल पर्वतारोहण संघको ३४ औं वार्षिक सधारण सभालाई सम्बोधन गर्दै मन्त्री पाण्डे हाल संसद अधिवेशन अन्त्य भएकाले आगामी हिउँदे अधिवेसन अगावै ऐनहरूलाई मूर्तरुप दिने काम हुने विश्वास व्यक्त गरे।

‘हिजो मात्रै संसदको अधिवेशन अन्त्य भएको छ । हामीले पर्यटन,संस्कृति,हवाई उड्यनलगायतका नीतिहरू परिमार्जन गर्न खोजिरहेका छौं ,’उनले भने,’ संसदको हिउँदे अधिवेशन सुरु हुनु अगावै नीतिलाई अन्तिम रुप दिनेछौं ।’

मन्त्री पाण्डेले नेपाल पर्वतारोहणसम्बन्धी ऐनमा के कहाँ परिमार्जन गर्न सकिन्छ त्यसबारे सुझाव दिन समेत आव्हान गरेका छन् । उनले नेपाल एयरलाइन्सलाई चलायमान बनाउन जरुरी रहेको समेत बताए। फरक प्रसंगमा बोल्दै मन्त्री पाण्डेले मुलुकको स्थायीत्वका लागि दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार  बनाउनु परेको उद्घोष गरे। मन्त्री पाण्डेले भने,’नेपाली कांग्रेस र नेकपा एमाले एक ठाउँमा उभिनु सहजता पक्कै पनि होइन । यो स्वभाविक पनि छैन। तर स्थीर सरकार चलाउनका लागि एक ठाउँमा उभिएका हौं ।’

यो सरकार ०८४ सम्मै चल्छ । उनले मुलकको समृद्धि र विकासका लागि प्रमुख प्रतिपक्षीमा रहेका दल नेकपा माओवादी, राप्रपालगायत मधेशवादी दलहरूसँग समेत सहकार्य गर्न सकिनेमा जोड दिए।

https://www.annapurnapost.com/story/465406/