
कार्तिक १४,
डोल्पा : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ठूलीभेरी नगरपालिका–४, तिप्ला डोल्पाको तदर्थ समितिले प्रथम वडा अधिवेशन सम्पन्न गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी डोल्पाका पदाधिकारीहरुले डोल्पाको ठुलीभेरी नगरपालिकाको वडा अधिबेशन थालेको पार्टी सदस्य ओमेन्द्र केसिले जानकारी दिए ।
केसिका अनुसार कात्तिक १४ गते सम्पन्न अधिवेशनले वडा तहमा पार्टी संगठनलाई थप सुदृढ, व्यवस्थित र विस्तार गर्ने उद्देश्यसहित संगठन निर्माण तथा आगामी राजनीतिक गतिविधिबारे छलफल गरेको जनाए। अधिवेशनबाट राजिराम रोकाया वडा कमिटी सभापतिमा चयन भएका छन्। त्यसैगरी लालिमान रोकाया टोल संयोजक र पूर्णबहादुर बुढा बुथ संयोजकको जिम्मेवारीमा चयन भएका हुन।

नवनिर्वाचित पदाधिकारीहरूले पार्टीको नीति, विचार र उद्देश्यलाई स्थानीय तहसम्म पुर्याउँदै संगठन विस्तार, जनताको आवाजको प्रतिनिधित्व तथा सुशासन र राजनीतिक परिवर्तनका पक्षमा सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।
यस अधिवेशनलाई ठूलीभेरी नगरपालिका–४ तिप्लामा राष्ट्रिय स्वतन्त्र पार्टीको संगठन विस्तारतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ। कार्तिक महिना भित्र डोल्पाका सवै वडा र पालिकामा अधिवेशन गरी मंसिर भित्र जिल्ला अधिबेशन गर्नुपर्ने समय तालिका केन्द्रले तोकेको राष्ट्रिय स्वतन्त्र पार्टी कर्णाली प्रदेश किमिटी सदस्य सन्तोस बुढाथोकिले जानकारी दिए । हाल जिल्लाको कमिटी तदर्थ रहेकोले मंसिर भित्र जिल्ला अधिबेशन गर्नुपर्ने बाध्यता रहेको छ ।