डोल्पाको पर्यटन र मौलिक पहिचान उजागर गर्ने लक्ष्यसहित त्रिपुराकोटमा प्रथम महोत्सव सुरु

जैतुन अनलाइन | २०८३ कार्तिक १३ गते बिहिवार

कार्तिक ११,

त्रिपुराकोट डोल्पा : डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–त्रिपुराकोटस्थित बगरबजार खेलकुद मैदानमा प्रथम त्रिपुरासुन्दरी धार्मिक, सांस्कृतिक, पर्यटन तथा होटल प्रवर्द्धन महोत्सव सुरु भएको छ। स्थानीय कला, संस्कृति र मौलिक पहिचानको संरक्षण, धार्मिक तथा प्राकृतिक पर्यटनको प्रवर्द्धन र स्थानीय उत्पादनको बजारीकरण गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो।

महोत्सवको उद्घाटन त्रिपुरासुन्दरी नगरपालिकाका नगर प्रमुख जनचन्द्र रोकाया र नेकपा एमालेका केन्द्रीय सदस्य, डोल्पा जिल्ला इन्चार्ज तथा कर्णाली प्रदेशका पूर्व सांसद बदमी बोहोराले संयुक्त रूपमा ब्यानर अनावरण गरेर गर्नुभयो।

उद्घाटन समारोहमा सहभागी प्रमुख अतिथि, विशिष्ट अतिथि तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले महोत्सवले डोल्पाको धार्मिक तथा सांस्कृतिक सम्पदा, प्राकृतिक सौन्दर्य, मौलिक भेषभूषा र स्थानीय उत्पादनलाई राष्ट्रियस्तरमा चिनाउन महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे। उनीहरूले स्थानीय कलाकारको प्रतिभा उजागर गर्न र मौलिक कला तथा संस्कृतिलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्न पनि महोत्सव उपयोगी हुने धारणा राखे।

महोत्सवमा राष्ट्रियस्तरमा चर्चित लोकसम्राट् राजु परियार, लोकगायक रामजी खाँड, लोकगायिका ज्योति मगर, टीका सानु र विपना सिंलगायतका कलाकार तथा नृत्याङ्गनाले प्रस्तुति दिने आयोजकले जनाएको छ। लोकदोहोरी, स्थानीय मौलिक नाचगान, सांस्कृतिक कार्यक्रम, लोककला, परम्परागत भेषभूषा तथा स्थानीय प्रतिभाका प्रस्तुतिले महोत्सवलाई थप आकर्षक बनाउने अपेक्षा गरिएको छ।

महोत्सव आयोजक समितिका संयोजक तथा स्थानीय युवा–बुद्धिजीवी खेमबहादुर बुढाले महोत्सव आर्थिक लाभमा मात्र सीमित नरहेको बताउनुभयो। उहाँका अनुसार डोल्पाको धार्मिक, सांस्कृतिक तथा प्राकृतिक विविधता, स्थानीय सम्भावना र जिल्लाको मौलिक पहिचानलाई राष्ट्रियस्तरमा परिचित गराउनु महोत्सवको मुख्य उद्देश्य हो।

उहाँले महोत्सवलाई आगामी वर्षहरूमा समेत निरन्तरता दिने योजना रहेको उल्लेख गर्दै यसको सफलताका लागि सबै पक्षबाट सकारात्मक र रचनात्मक सहयोगको अपेक्षा गर्नुभयो।

धार्मिक तथा प्राकृतिक सम्पदाले सम्पन्न डोल्पामा आयोजना हुने यस्ता महोत्सवले पर्यटन प्रवर्द्धन, स्थानीय उत्पादनको बजारीकरण, होटल तथा पर्यटन व्यवसायको विकास र स्थानीय कलाकारको प्रोत्साहनमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ। साथै, स्थानीयस्तरमा आर्थिक गतिविधि बढाउन, रोजगारीका अवसर सिर्जना गर्न तथा जिल्लाको सांस्कृतिक पहिचानलाई थप उजागर गर्न पनि महोत्सवले भूमिका खेल्ने विश्वास गरिएको छ।

महोत्सवको प्रचारप्रसारका लागि खबरदिशा डटकम, फोक्सुण्डो खबर, साझा कर्णाली, रंगीन पाटी र कान्जिरोवा पोस्टलगायतका अनलाइन समाचार पोर्टल मिडिया साझेदारका रूपमा रहेका छन्। कात्तिक २२ गतेसम्म सञ्चालन हुने महोत्सवमा उदाउँदा सर्जक तथा गायक रतन शाहीले कार्यक्रम सञ्चालन गर्ने आयोजकले