

असोज १०,
सुर्खेतः रसुवाको भोटेकोशी तथा तल्लो तटीय क्षेत्रमा आएको बाढीबाट प्रभावितका लागि मध्यपश्चिम विश्वविद्यालयले ५४ लाख ४८ हजार २ सय ८९ रुपैयाँ सहयोग गरेको छ ।
विश्वविद्यालयमा कार्यरत पदाधिकारी, प्राध्यापक तथा कर्मचारीबाट एकमुष्ट संकलन गरिएको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको विश्वविद्यालयले जनाएको छ । उक्त रकम नेपाल बैंकमा रहेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खातामा जम्मा गरिएको हो ।
विश्वविद्यालयका उपकुलपति ई. डा. राजन सुवालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्राचार गर्दै सहयोग रकम जम्मा गरिएको जानकारी गराएका छन् ।
विश्वविद्यालय परिवारका तर्फबाट बाढीका कारण ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उपकुलपति सुवालले शोकाकुल परिवार तथा विपद्बाट प्रभावित समुदायप्रति समवेदना व्यक्त गरेका छन् ।