
बैशाख १३,
फोक्सुण्डो : कृषि विकास बैङ्क डोल्पा शाखाले फोक्सुण्डो ताल संरक्षण समितिलाई सामाग्री हस्तान्तरण गरेको छ । पर्यटन प्रबर्द्दनका लागी सहयोग मिलोस भन्दै कृषि बिकास बैङ्क डोल्पा शाखाले शनिवार एक कार्यक्रमका बिच ताल संरक्षण समितिलाई केहि सामाग्रीहरु हस्तान्तरण गरेको हो । शाखाले “संस्थागत सामाजिक उत्तरदायीत्व कार्यक्रम” अन्तरगत फोक्सुण्डो ताल संरक्षण समितिलाई पर्यटन क्षेत्रको बिकास र सम्बृद्धीका लागी सामाग्री प्रदान गरेको छ ।

बैङ्कले फोक्सुण्डो ताल संरक्षण समितिलाई ९ वटा फलामका आरामदायी बेन्च र ४ वटा फलामको डष्टवीन हस्तान्तरण गरेको कृषि बिकास बैङ्क डोल्पा शाखाका प्रमुख प्रदिप पाण्डेले जानकारी दिए । शाखा प्रमुख पाण्डेका अनुसार कुल २ लाख रकम बरावरको सामाग्री फोक्सुण्डो ताल संरक्षण समितिलाई एक कार्यक्रमका बिच हस्तान्तरण गरेको बताए । पाण्डेले भने यो सानो सहयोग भएपनि तालमा रमाउने पर्यटकका लागी आराम गर्दै रमाउन निकै सहयोग पुग्ने र फोहोर संकलनमा समेत बिशेष सहयोग मिल्नेमा बिश्वस्त रहेका छौ ।

२०८१ मा डोल्पा शाखाको जिम्मेवारी पाएका शाखा प्रमुख पाण्डले शाखामा भएको ब्यथितिलाइ समेत सुधार गर्दै ग्राहक लक्षित सेवामा सुधार गरी कर्जामा समेत उल्लेख्य बृद्धि समेत गरेको कृषि बिकास बैङ्कले जनाएको छ । यस बिचमा नयाँ ग्राहकको बृद्धिका साथै डिजिटल कारोवार गराउनुका साथै यहि बैशाख ७ गते सदरमुकाम दुनैमा समेत ग्राहक सचेतना कार्यक्रम गरेर बैङ्क प्रतिको भरोसा र बिश्वासलाई थप सुदृढ बनाउने काम समेत कृषि बिकास बैङ्क डोल्पा शाखाले गरि रहेको छ ।
शनिवार सुन्दर फोक्सुण्डो तालमा भएको सामाग्री हस्तान्तरण कार्यक्रममा केन्द्रीय असुली बिभाग प्रमुख सुन्दुर खतिवडा र राजु केसीका साथै प्रदेश कार्यालयवाट प्रदेश प्रमुख अनोज बस्नेत र मान बहादुर खड्गाको समेत बिशेष उपस्थिति रहेको थियो । यसै गरी बिभिन्न निकायले ताल क्षेत्रमा पर्यटन प्रबर्धनका लागी सामाग्रीहरु हस्तान्तरण गरेमा तालमा रमाउने पर्यटकलाई समते थप आनन्दको अनुभुति हुनेमा बिश्वास लिएको शे-फोक्सुण्डो गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष निमा लामाले बताए ।

ताल क्षेत्रमा मात्रै हैन फोक्सुण्डो ताल सम्म पुग्ने पदयात्रामा समेत सरोकारवाला सवैले जानकारी मुलक सन्देश सहित पर्यटक आराम कक्षहरु निर्माणमा लाग्न जरुरी रहेको फोक्सुण्डो ताल भ्रमणमा गएका पर्यटकको सुझाब रहेको छ । पदयात्राका सूचनाहरु कमै पाईने र केहि क्षेत्रमा पदमार्ग समेत निकै डर लाग्दो रहेको पर्यटकहरु सुनाउछन । अपेक्षा छ पर्यटकका सुझाब सरोकारवाला निकायले मनन गर्नेछ ।
