भेरीकरिडोर लासिक्याप-सिसौल सडक नेपाली सेनाद्वारा निर्माणबारे छलफल

जैतुन अनलाइन | २०८२ चैत्र ६ गते शुक्रवार

sharethis sharing button

काठमाडौं । भेरी करिडोर अन्तर्गत डोल्पाको सदरमुकाम दुनैदेखि लासिक्याप हुँदै सिसौलसम्मको सडक निर्माण बारे छलफल  भएको छ।  दुर्गम र भिरालो भूभागमा पर्ने उक्त सडक खण्डको ट्रयाक खोल्ने जिम्मा सरकारले नेपाली सेनालाई दिने निर्णय गरेसँगै पहिलो चरणको छलफल भएकाे हाे। नेपाली सेना र सराेकारवाल निकाय बिच सडक निर्माणबारे कसरी प्रक्रिया सुरु गर्ने भन्ने बारेमा छलफल गरिएको हाे।

 

संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री माधव चाैलागाई, प्रतिनिधि सभा सदस्य तथा पुर्व मन्त्री धन बहादुर बुढा, सडक बिभागका डिजि डाक्टर बिजय जैसी, नेपाली सेनाका जर्नेल अशाेक शाह, नेपाली सेनाका कर्नेण, अभिषेक बस्ने लगाएको सहभागीतामा लासिक्याप हुँदै सिसौलसम्मको सडक निर्माण बारे पहिलाे चरणको छलफल भएकाे हाे।

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वकाे  २०८२ चैत १ गते बसेको मन्त्रिपरिषद् बैठकले भेरी करिडोरको महत्वपूर्ण खण्ड निर्माणको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको थियाे।

कर्णाली प्रदेशभित्र पर्ने भेरी करिडोर एनएच–५७ अर्थात् राष्ट्रिय राजमार्ग अन्तर्गत छिन्चु–कुदु–जाजरकोट–दुनै–धो–तिन्जे–मरिम सडक खण्डमा पर्ने डोल्पा जिल्लाको लासिक्यापदेखि सिसौलसम्म करिब ३३ किलोमिटर सडक अत्यन्तै भिरालो र कडा चट्टान भएको भूभागमा पर्छ। कठिन भौगोलिक अवस्थाका कारण सडकको मापदण्डअनुसार ट्रयाक खोल्न कठिन भएकाले सो काम नेपाली सेनालाई जिम्मा दिने निर्णय गरिएको हो।

डाेल्पाली जनताकाे मुख्य लाईफ लाइनकाे रुपमा हेरिएको चीन-नेपाल- भारत त्रिदेशी नाका  जाेड्ने  भेरी करिडाेर लासिक्याप हुँदै सिसौलसम्मको सडक खण्ड निर्माणबारे सराेकारवाला निकायकाे सहभागीतामा पहिलाे चरणकाे उपलब्धिमुलक छलफल भएकाे प्रतिनिधि सभा सदस्य तथा पुर्व शहरी बिकास मन्त्री धन बहादुर बुढाले बताएका छन। विभिन्न पटककाे प्रयास पछि उक्त सडक खण्ड नेपाली सेना मार्फत निर्माण हुने भएकाे हुदा खुसी लागेकाे सांसद बुढाले बताए ।