
कात्तिक २२,
काठमाडौः जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासत कक्षमा लागु औषध मुद्दाका थुनुवा गंगे विकको मृत्यु प्रकरणमा सत्य तथ्य बुझेर प्रतिवेदन पेस गर्नका लागि ५ सदस्यीय छानबिन समिति गठन गरिएको छ ।
शुक्रबार जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रशासकीय अधिकृत हित प्रसाद पौडेलको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरिएको हो । वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ११ का २६ वर्षीय विक कात्तिक २१ गते हिरासत कक्षमा अचेत अवस्थामा फेला परेका थिए । उनलाई तत्काल उपचारको लागि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पु¥याइएपनि चिकित्सकले मृत घोषणा गरेका थिए ।
उक्त घटनाको सम्बन्धमा जिल्ला प्रशासन कार्यालय सुर्खेतमा पीडितसँग भएको छलफलबाट सत्य तथ्य बुझी निष्पक्ष रूपमा छानबिन गरी प्रतिवेदन पेस गर्नका समिति गठन गरिएको हो ।