
भाद्र ०५,
डोल्पा : जंगली च्याउ खाएर डोल्पामा ६ जना बिरामी भएका छन। डोल्पा सदरमुकाम दुनै वस्दै आएका रोल्पाका ६ जना च्याउ खाएर बिरामाी भएका हुन । यहीँ भदाै ४ गते बिहान करिब साढे ५ बजेको समयमा रोल्पा घर भएका आएका ३० वर्षीय लाल कुमार रोका,३७ वर्षीया सिमा रोकाया,५० वर्षीय गौरे रोका, ६० वर्षीया रुपी रोका, ७० वर्षीया बिमला घर्ती मगर र ३५ वर्षीय प्रेम घर्तीमगर बिषालु च्याउ खाएर बिरामी भएकाे जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ।
नेपाल प्रहरीका अनुसार रोल्पा स्थायी घर भएका उनीहरू रोजगारीको शिलशिलामा डोल्पाकाे दुनै बजार बस्दै आइरहेका थिए। विषालु जंगली च्याउ खाएर बिरामी परेक सबैको सबैको जिल्ला अस्पताल डोल्पामा उपचार भइरहेको र उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।