जगदुल्ला हाईड्रोपावर निर्माण प्रकृया समयमै गराउन नेकपा (एमाले) डोल्पाद्धारा सार्वजानिक लेखा समितिको ध्यानकर्षण

जैतुन अनलाइन | २०८२ साउन ४ गते आइतवार

श्रवाण ०४,

काठमाण्डौ : नेकपा (एमाले) डोल्पाले सार्वजानिक लेखा समितिलाइ ध्यानाकर्षण गराएको छ । कर्णाली प्रदेशको बिकास एक मुख्य मेरुदण्डका रुपमा रहेको जगदुल्ला हाईड्रोपावर निर्माणमा ढिलाइ भएको भन्दै नेकपा (एमाले) डोल्पाका अध्यक्ष लंक बहादुर रोकायाको संयोजकत्वमा आईतवार सार्वजानिक लेखा समितिका सभापति ऋषिकेश पोखरेललाइ ध्यानाकर्षण पत्र बुझाउदै सचेत गराएको हो । जगदुल्ला हाईड्रोपावरले निर्माणका लागि निर्माणका लागि ठेक्का लगाएपनि केहि ब्यक्तिका स्वार्थमा हाल पनि अन्यौलमा छ ।

सरकारले यहि आर्थिक बर्षवाट निर्माण कार्य सुरु गर्नेगरी बजेट बक्तव्यमा ल्याए पनि उर्जा मन्त्रालयमा बिभिन्न कारण देखाउदै निर्माण कार्य यस आर्थिक बर्षमा पनि सुरु नहुने संकेत देखिएपछि नेकपा (एमाले) डोल्पाले कर्णालीको बिकास निर्माणमा राजनिति नगर्न सचेत गराउदै सार्वजानिक लेखा समितिलाइ ध्यानाकर्षण गराएको नेकपा (एमाले) डोल्पाका अध्यक्ष लंक बहादुर रोकायाले बताए । अध्यक्ष रोकायाले भने उर्जा मन्त्रालय र त्यसपछि सार्वजानिक लेखा समितिले कुनै चासो नराखेर प्रथामिकतामा नराखेको देखिएपछि अबिलम्ब निर्माणका लागि कार्य थाल्न सार्वजानिक लेखा समितिका सभापतिलाइ लिखित ध्यानाकर्षण गराएको जानकारी दिए ।

सार्वजानिक लेखा समितिका सभापतिलाई ध्यानाकर्षण पत्र बुझाउदै नेकपा (एमाले) डोल्पाको टोली

नेकपा (एमाले) डोल्पाले केन्द्रीय सदस्य डोल्पा जिल्ला ईन्चार्ज बदमीक्वारी बोहोरा,प्रदेश कमिटी सदस्य धनचन्द्र बैजी,नेकपा (एमाले) डोल्पाका अध्यक्ष लंक बहादुर रोकाया अनि युवा नेता कमल बहादुर रोकाया सहितको टोलीले आईतवार सार्वजानिक लेखा समितिका सभापति ऋषिकेश पोखरेललाई लिखित ध्यानाकर्षण गराएका हुन । नेकपा (एमाले) डोल्पाको टोलीले बुझाएको ध्यानाकर्षण पत्रमा यस्तो भनिएको छ जस्ताको तस्तै :

कर्णाली प्रदेशको विकासको आशा राखेर डोल्पामा निर्माण हुन गैरहेको जगदुल्ला हाइड्रोको पटक पटकको  ठेक्का सम्बन्धी हाम्रो ने.क.पा. (एमाले), जिल्ला पार्टी, डोल्पाको घम्भिर ध्यानाकर्षण रहेको छ। डोल्पा जिल्लाको विकासको मेरुदण्डको रुपमा रहेको यस आयोजना निर्माण गर्न अत्यन्तै आवश्यक रहेको छ। हाम्रो पार्टीले प्रभावित वासिन्दाहरु संग समन्वय गरि कुनै पनि समस्या आउन नदिई यो आयोजना यो ठाउ सम्म ल्याएको सहजीकरण गरिरहेको छ।कम कवोलेको ठेकेदारलाई नदिन चलखेल गरी वेसी रेट हाल्नेलाई दिन सार्वजनिक लेखा समिति मार्फत कुनै एउटा व्यक्तिको उजुरीको भरमा रोक्नु त्येही जायज देखिदैन। ठेक्का प्रक्रियाको आफ्नै नीति नियम हुन्छ अझ एउटा ठेकेदार र अर्को ठेकेदार वीच १ अर्व २८ करोड फरक छ भन्ने कुरा हामीले पत्रपत्रिकावात थाहा पायौ। उजुरी गर्ने व्यक्ति लाक्पा शेर्पा भन्ने मानिस नै डोल्पा जिल्लामा नरहेको अवस्थामा कुनै एउटा फर्जी व्यक्तिको नामवाट उजुरी लिनु आफैमा सम्मानित यस समितिको समय मात्र प्रयोग गरेको देखिन्छ।

नेपालको ठेक्का प्रक्रियामा जसले कम रेट हाल्छ त्यसलाई नै ठेक्रा दिनु पर्ने हुन्छ जस्तो लाग्छ। हामीले थाहा पायौ कि सर्वोच्च अदालतले समेत प्रक्रिया नरोक्नु भनेर प्रस्ट आदेश गरेको रैछ। यसर्थ सम्मानीय सभापतीज्युलाइ यस विषयमा विसेष ध्यानाकर्षण गराउन चाहन्छु कि सार्वजनिक लेखा समितिले उक्त ठेक्का प्रक्रियालाई विधि सम्वत रुपमा तत्कालै अगाडी वढाउन निर्देशन दियोस र चाडै डोल्पामा यस आयोजनाको शुभारम्भ हुने वातावरण वनोस भन्ने आशा गर्दछु। अन्यथा, हामी सवै जगदुल्ला र मुड्केचुलावासिहरु सहितको पूर्ण हस्ताक्षर सहितको पत्र समेत जानकारी गराई विरोधका कार्यकमहरु सार्वजनिक गर्दछौ र उजुरी गर्ने व्यक्ति लाक्पा शेर्पा र सो संग सम्वन्धित धन्यवाद।

नेकपा (एमाले) डोल्पाले सार्वजानिक लेखा समितिका सभापतिलाइ बुझाएको लिखित ध्यानाकर्षण पत्र