
असार १८,
डाेल्पा : जिल्ला समन्वय समिति डाेल्पाद्वारा काईकेकाे रिवा बाढीपहिरो पिडितलाई खाध्यन्न (चामल) सहयाेग गरिएको छ। काईके गाउँपालिका वडा नं. ४ का रिवा गाउँका बाढीपीडितलाई रू ३५ हजार ७ सय बराबरको २२ बाेरा चामल सहयोग गरिएको हाे। जिल्ला समन्वय समिति डाेल्पाका प्रमुख श्याम बहादुर राेकायाले काईके गाउँपालिका डाेल्पाका अध्यक्ष अंगद कुमार रानालाई रिवा बाढीपीडितका लागि राहत स्वरुप चामल हस्तान्तरण गरेका हुन ।
वितरण गरेकाे चामल बाढीपहिरोले घरबार विहिन भएका नागरिककाे घरमा थाेरै भएपनि खाना पाक्ने विश्वास रहेकाे जिल्ला समन्वय समिति डाेल्पाका प्रमुख श्याम बहादुर राेकायाले बताए। पहिलेकाे जस्तो जिविस भएकाे भए धेरै सहयाेग गर्न मन थियाे तर जिसस समन्वय गर्ने मात्र अधिकार भएकाे हुदा मनले चाहादा चाहादै नि भने जस्तो सहयाेग गर्न नसकिएको प्रमुख राेकायाले बताए । बाढीपीडितकाे लागि थप अन्य निकाय संग सहयाेगकाे लागि पहल गर्ने पनि उनले बताएका छन ।
बाढीपीडितहरुकाे पिडालाई बुझेर खाध्यन्न सामाग्री चामल सहयाेग गरेकाेमा जिल्ला समन्वय समिति डाेल्पाका प्रमुख लगाएत समन्वय परिवारलाई काईके गाउँपालिकाका अध्यक्ष अंगद कुमार रानाले धन्यवाद व्यक्त गरेका छन। रिवा बाडिपीडितलाई हाल सम्म सहयाेग गर्ने सबै व्यक्ति तथा संस्थालाई अध्यक्ष रानाले धन्यवाद व्यक्त गरेका छन। यहीँ असार १२ गते राति अविरल बर्षा पछि बाढीपहिरो आउदा ३ घर सहित एउटा सामुदायिक विधालय पुर्ण रुपमा क्षति भएकाे थियाे। यस्तै रिब गाउमा आएकाे बाढीले अन्य १२ वटा घरमा आंशिक क्षेति पुर्याएकाे छ। यस्तै २२ वटा घरमा सामान्य क्षेति भएकाे छ भने २० वटा परिवार बाढीबाट प्रत्यक्ष प्रभावित भएका छन ।