
असार १४,
डोल्पा : डोल्पाको काईके गाउँपालिकाको रिव गाउँका बाढी तथा पहिरो पिडीतका लागी राहत संकलन भई रहेको छ । पिडीतलाइ त्रिपुरासुन्दरी नगरपालिकाले तत्काल नगद १ लाख सहयोग गर्ने भएको छ । जिल्ला बिपत ब्यवस्थापन समितिको बैठकमा त्रिपुरासुन्दरी नगरपालिकाका नगरप्रमुख जनचन्द्र रोकायाले छिमेकीलाइ परेको बिपदको सारथी छिमेकी नै हुनुपर्ने भन्दै नगरपालिकाको तर्फवाट नगद १ लाख सयोग गर्ने प्रतिबद्धता जनाए । जिल्लामा हुने प्राकृतिक बिपत्तीमा स्थानीय तहहरुले एक आपसमा छिमेकीको भुमिका निर्वाह गरे जनताले राहत पाउनेमा बिश्वास राखेको भन्दै नगरप्रमुख रोकायाले यस दुखद घडिमा थोरै भएपनि सहयोगीको हिस्सा बन्ने बताए । नगरपालिकाले नगद राहत प्रदान गर्न भने कार्यपालिकाले निर्णय गर्नुपर्ने हुन्छ ।
यहि असार १२ गते राति साढे १२ बजेतिर आएको अबिरल बर्षाले काईके गाउँपालिका ४ को रिव गाउँमा ठुलो क्षेति पुर्याएको छ । स्थानीयका घर बिद्यालय समेत पूर्ण रुपमा लेदोले पुरेको छ भने ५३ घरधुरीका ३ सय भन्दा धेरै नागरिक बिस्थापित भएका छन । बाढि तथा पहिरोमा परेका नागरिकको लागि तत्काल गर्न सकिने राहत संकलन र वसोवासको लागी सवै क्षेत्रवाट पहल भई रहेको छ । आफ्ना नागरिकलाई सुरक्षित स्थानमा राख्न र तत्काल गास वास र कपासको बन्दो बस्तीका लागी काईके गाउँपालिकाका अध्यक्ष अंगद कुमार राना घटना स्थलमै पुगी नागरिकलाइ सानत्वना दिएका छन ।
शुक्रवार नै पिडीत जनाको आगनमै पुगेर तत्कालको लागी पालिकाले १० लाख बरावरको राहत व्यवस्थापन गरि सकेको काईके गाउँपालिकाका अध्यक्ष अंगद कुमार रानाले जानकारी दिए । नागरिकका घर छैनन भगवनाको कृपाले मानवीय क्षेति भएन तर बिस्थापित भएका नागरिकका लागी पालिकाले हदै सम्मको व्यवस्थापन गरी सुरक्षित स्थानमा राख्ने प्रयास भइ रहेको अध्यक्ष रानाले बताए । अध्यक्ष रानाले भने पालिकाले बाढि तथा पहिरो पिडीतका लागी काईके गाउँपालिकामा रहेको नेपाल बैँङ्कमा बाढी कोष खाता संचालन गरेको र सोही खातामा पिडीतका लागी सहयोग गर्ने जो कोहिले सहयोग गर्न सक्नेछ ।
यहि १२ गते राति परेको अविरल बर्षाको कारण भएको क्षेतिको एकिन गर्न र पिडीतलाइ राहत प्रदान गर्न शनिवार जिल्ला बिपत व्यवस्थापन समितिको बैठक समेत बसेको छ । वैठकले काईके ४ रिवका पूर्ण प्रभावित परिवारलाइ १५ हजार र आँशिक प्रभावित परिवारलाई १० हजारका दरले राहत प्रदान गर्ने र पिढितको बैँङ्क खातामै जाने गरी नगद राहत प्रदान गर्ने जिल्ला बिपत व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी रोम बहादुर महतले जानकारी दिए ।
प्रजिअ महतका अनुसार बाढी तथा पहिरोवाट खानेपानीको क्षेति भएमा खानेपानी कार्यलयले तत्काल मर्मत गरी पानी सुचारु गर्ने,कृषि तथा फलफुलको क्षेतिको विवरण निकाले जिल्ला कृषि बिकास कार्यलयले पेश गर्ने,काईके गाउँपालिका तिरका सड्कमा रहेका बाढीले बताएका पुलहरु भेरी करिडोरले अस्थायी रुपमा भएपनि निर्माण गर्ने र दुनैको तिप्ला खोलामा भरिएको लेदो पूर्वाधार विकास कार्यालय र ठुलीभेरी नगरपालिकाको पहलमा सुधार गरिने समेत निर्ण भएको बताए ।
यसैगरी काईकेका वाढी पिडीतका लागी नेपाल रेडक्रस सोसाईटीले गोदाममा मौजाद रहेको २० थान त्रिपाल र ब्लयाङ्केट प्रादन गर्ने भएको जिल्ला समन्वय समितिका प्रमुख श्याम बहादुर रोकायाले जानकारी दिए। रोकायाले भने यो बिवदको घडिमा सवैको सहयोग जरुरी छ भने बर्षा सुरु भयो सवै सजक रहन पनि त्यति नै जरुरी छ । काईके ४ रिवाका बाढि तथा पहिरो पिडीतका लागी राहत संकलनको कार्य पनि तिव्र रुपमा भई रहेको छ ।