काईकेको रिब गाउँ बाढीपहिराेमा ३ सय ५ जना प्रभावित करोडौँको क्षेति

जैतुन अनलाइन | २०८२ असार १४ गते शनिवार

असार १४, 

डाेल्पा : काईके गाउँपालिका वडा नं. ४ मा पर्ने रिब गाउँमा यहीँ असार १२ गते मध्यराति गाउँ माथि पाखाेबाट बाढी बस्तीमा पस्छ। मध्यराति आकाशबाट वर्षा र जमिनमा बाढीकाे हल्का सुईकाे पाउँदा हल्लाखल्ला हुन्छ। बालबच्चा च्यापेर सुरक्षित स्थान खाेज्दै पानीमा भिज्दै भागा भाग हुन्छ। ५३ घरधुरी रहेकाे रिब बस्तीका स्थानीय भागेर ज्यान त जाेगाउछन तर उज्यालो हुन्छ केही घर माटाेमा परिणत हुन्छ।

अहिले पुर्ण क्षति भएका पिडित परिवार संग लगाएकाे एक्सराे कपडा बाहेक अरु केही छैन। असार १२ गते मध्यराति आएकाे बाढीले  तीन वटा घर र एउटा सामुदायिक विधालयमा पुर्ण क्षति भएकाे छ। स्थानीय मनिराज बिक, सुरेन्द्र बिक,धनलाल सुनार र श्री पुथादेव आधारभूत बिधालयमा पुर्ण क्षेति भएकाे हाे। रिब गाउमा आएकाे बाढीले अन्य १२ वटा घरमा आंशिक क्षेति पुर्याएकाे छ। यस्तै २२ वटा घरमा सामान्य क्षेति भएकाे छ भने २० वटा परिवार बाढीबाट प्रत्यक्ष प्रभावित भएका छन ।

रिबमा बाढीले पुथादेव आधारभूत विधालयकाे ६ काेठाकाे दुई वटा भवन पुर्णरुपमा क्षेति भएकाे छ। कक्षा ५ सम्म पठनपाठन भैरहेको उक्त विधालयमा हाल  ५४ जना बालबालिकाले अध्ययन गरिरहेको प्रधानाध्यापक कृष्ण बहादुर खड्काले बताए । उनले भने नत बस्ने ठाउँ छ न त खाने ठाउँ छ न त पढाउने ठाउँ छ। बाढीले बिधालयका अफिसियल सबै सामाग्री कागजात पुरेकाे छ। रिब गाउँमा आएकाे बाढीबाट जम्मा १ सय ९ जना प्रत्येक पिडित भएका छन । प्रहरीका अनुसार सबैकाे घरमा सामान्य बाढी पसेकाे हुदा रिब बस्तीमा सबै गरेर अन्दाजी ३ सय ५ जना भन्दा बढीमा बाढीकाे प्रभाव पर्न सक्ने अनुमान गरिएको छ।

रिब बस्तीमा बाढीबाट कराेडाैंकाे क्षति भएकाे अनुमान गरिएको छ। रिब गाउँमा बाढी पसेकाे खबर सुन्ने बित्तिकै शुक्रबार  काईके गाउँपालिका अध्यक्ष अंगद कुमार राना प्रत्यक्ष प्रभावित क्षेत्रमा पुगेर अनुगमन तथा पिडित संग भेटघाट गरेका छन । भेटघाट गरेर पिडित परिवारलाई राहत व्यवस्थापन हुनजेल छरछिमेकले मिलेर बस्न खानकाे लागि व्यवस्था गरिदिन अनुरोध गरेका छन। बिपत्तिमा गाउँ समाज मिलेर बस्नु पर्छ भन्दै अध्यक्ष रानाले पिडित परिवारलाई तत्कालकाे लागि खाना बस्नकाे लागि गाउँपालिकाले रु १० लाख बराबरको राहत सामाग्री उपलब्ध गराउने घाेषणा गरेका छन।

पिडित परिवारकाे घर निर्माणकाे लागि सक्दाे सबै निकाय संग सहयाेग माग्ने उनले बताए । अन्य भाैतिक संरचना/कृषिमा क्षति : यहीँ असार १२ राति परेकाे अविरल बर्षाले काईके गाउँपालिकाकाे विभिन्न स्थानमा भाैतिक संरचना र कृषि क्षेत्रमा क्षेति बनाएको छ। वर्षा संगैकाे बाढीले व्यास गार्ड स्थित एतिहासिक काठेपुल बगाएको छ। उक्त पुल सदरमुकाम दुनै बाट काइके हुँदै माथिल्लो डाेल्पा जाने मुल सडक मार्गमा पर्दछ। यस्तै शहरतारा बगर नाम्दाे स्थित टुप्पा खाेलामा लगाएकाे मिनि काठेपुल पनि बाढीले बगाएको छ।

लावणबगर स्थित झुलुङगे पुलमा आंशिक क्षेति बनाएकाे छ भने लावण बगरकाे बस्तिमा बाढी पस्दा केही क्षति भएकाे छ। पाल्चा खाेला देखि  शहरतारा बगर नाम्दाे सम्म विभिन्न स्थानमा सडक बाट पहिराेले अबरुद्ध गरेकाे छ। काईकेका  प्रत्यक वडाका विभिन्न गाउँ बस्तिमा जाने बाटाेहरु बाढीले अबरुद्ध गरेकाे छ। बिहिवार राति परेकाे अविरल बर्षाले काइके गाउँपालिका स्थित खेतवारीमा लगाइएका वालीनालीमा क्षति बनाएको छ। पाखाेबाट खेतवारीमा बाढी पसेर चिराचिरा बनाएकाे छ। सिमि काेदाे फापर मकै लगाएतका बालीबाटमा बाढीले क्षति बनाएकाे हाे।