
असार १२,
डाेल्पा : डाेल्पाकाे त्रिपुरासुन्दरी नगरपालिका वडा नं. २ मा पर्ने नादा स्थित रुमखाेलामा बाढी आउदा कराेडाैंकाे क्षति भएकाे छ । बुधबार राति लगातारको बर्षापछि बाढि आउदा नादा रुमखाेला स्थित स्थानीय विकास पुर्वाधार सुर्खेत द्वारा संचालित के एन पि कन्स्ट्रक्सन त्रिपुरासुन्दरी- ७ ले निर्माण गरिरहेको अन्दाजी ३ सय घन मिटर ग्याविन जालीमा क्षेति भएकाे छ । यस्तै प्रयाेग नगरेकाे जाली एक बाई दुई काे अन्दाजी ८० पिस ग्याविन जाली बाढीले बगाएकाे छ ।

बुधबार राति आएकाे बाढीले नादा स्थित रुमखाेलामा ग्याविन जाली भर्नकाे लागि कार्य स्थलमा राखेकाे सुकलाल गुरुङकाे लु ४ त ८३७४ नम्बरको ट्याक्टर बगाएर करिब ३ सय मिटर तल बगाएकाे छ।
यस्तै साेही बाढीले नादा स्थित करिब २६ घरधुरीकाे खेतबारीमा लगाएकाे बाली बाेट नष्ट गरेकाे छ। साेही नादा स्थित स्थानीय मदन थापाकाे कागती, ओखर, टिमपुर , अंगुर बगैंचामा क्षेति भएकाे त्रिपुरासुन्दरी नगरपालिका वडा नं. २ का वडा अध्यक्ष टंक बहादुर थापा ( बिकास) ले जानकारी दिएका छन। अध्यक्ष थापा सहित प्रहरी प्रहरी टाेली घटनाको अवस्था अध्ययन अनुगमन गरेकाे हुदा के कति क्षति भएकाे छ भन्ने विवरण आउन बाकीँ रहेकाे जनाइएको छ।