
जेठ १५,
डोल्पा : यार्सागुम्बा संकलन गर्न गएका दुई जनाको लेक लागेर मृत्यु भएको छ । डोल्पाको काइके गाउँपालिका स्थित नावरपानी यार्सा पाटनमा यार्सागुम्बा संकलन गर्न गएका एक युवकको मृत्यु भएको हो। जाजरकोटको नलगाड नगरपालिका–८ बस्ने १९ वर्षीय युवक धनलाल बिकको नावरपानी यार्सा पाटनमा लेक लागेर मृत्यु भएको थियो। मृतक बिक एक साताअघि बुवा हरिबहादुर बिकसँग यार्सागुम्बा खोज्न डोल्पा पुगेका थिए । प्रहरीले मृतक बिकको शव बोकेरै अस्पताल पुर्याएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी निरीक्षक टोपेन्द्र बुढाले जानकारी दिएका छन् ।
मंगलवार डोल्पाकै साईकुमारी यार्सा पाटनमा एक युवतीको मृत्यु भएको छ। ठुलिभेरी नगरपालिका–५ माझफालकी २४ वर्षीया शान्ती रोकायाको साईकुमारी यार्सा पाटन असारे भन्ने ठाउँमा उनको मृत्यु भएको हो। मंगलबार राति करिब १२ बजे तिर यार्सा सङ्कलन गर्न पाटन पुगेको बेला स्वास्थ्यमा सामान्य समस्या देखिएपछि लेख लागेर उनको मृत्यु भएको हुन सक्ने स्थानीयको भनाई छ तर उनि मुटुको रोग रहेको पनि बताइएको छ। स्वास्थ्यकर्मी विजया कुमारी बुढाका अनुसार मृतक रोकायाको ५ महिनाको बालक छन् । यसअघि जुम्लाको गुठीचौर गाउँपालिका-१ मनिसाँघुका भीमबहादुर बोहोराको डोल्पाकै जगदुल्ला पाटनमा बिरामी भएका थिए । उनलाइ उपचारको लागि घरमा लैजादै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यसै गरि शे–फोक्सुन्डो गाउँपालिकामा पर्ने सागर यार्सा पाटनमा एक जना यार्सागुम्बा संकलकको मृत्यु भएको जानकारी स्थानीयबाट आए पनि प्रहरीले भने पुष्टि गर्न सकेको छैन । यार्सा पाटन उच्च हिमाली क्षेत्रमा पर्नुका साथै त्यहाँ फोनले समेत काम नगर्ने र सबै ठाउँमा प्रहरी जान नसक्ने भएकाले यार्सा संकलनका क्रममा भएका कतिपय घटनाहरू प्रहरीसम्म नपुग्ने गरेको छ । स्वास्थ्य वारे जानकार नहुदा समेत नागरिकले लेख लागेर यार्सा पाटनमै ज्यान गुमाउने गरेको जिल्ला अस्पताल डोल्पाका डाक्टर अखण्ड उपाध्यायले बताए।
डाक्टर उपाध्यायले भने यार्सा टिप्न जाने संकलकले लेख लाग्ने वारे जानकार हुनुपर्ने र उपचार बारे पनि जानी राख्नुपर्ने हुन्छ लेख लागेको संकेत हुना साथ जति सक्दो तल झर्नुपर्ने हुन्छ तर सवैलाइ लेख लाग्ने बारे जानकारी छैन । हरेक बर्ष यार्सा संकलकहरुले ज्यान गुमाउने गरेका छन । धेरैले लेख लागेर मृत्यु हुने गरेको भनेपनि दृर्घ रोगी र खानपान अनि चिसोको कारणले मृत्यु हुने गरेको धेरैको बुझाई रहेको छ ।