
जेष्ठ ४,
डोल्पा : सडक दुर्घटना न्यूनीकरणका लागि सर्ने र नसर्ने रोगबारे अभिमुखिकरण कार्यक्रम गरिएको छ । आईतवार डोल्पा सदरमुकाम दुनैमा सडक दुर्घटना न्यूनीकरण तथा सर्ने र नसर्ने रोगबारे जनचेतना फैलाउने उद्देश्यले एकदिने अभिमुखीकरण कार्यक्रम गरिएको हो। स्वास्थ्य सेवा कार्यालय डोल्पाको आयोजनामा भएको कार्यक्रममा ट्राफिक प्रहरी,यातायात व्यवासायी र सञ्चारकर्मिबिच अभिमुखिकरण कार्यक्रम गरिएको छ ।
स्वास्थ्य कार्यालय डोल्पाको तथ्याङ्कमा हाल सम्म २१ जना सडक दुर्घटनामा परेकाले जिल्ला अस्पताल डोल्पामा आएर उपचार गरेकाे उल्लेख छ । स्वास्थ्य सेवा कार्यालयले बिभिन्न रोगहरुवारे जानकारी समेत गराएको थियो । स्वास्थ्य कार्यालयको तथ्याङ्कमा त्रिपुरासुन्दरीमा २५ जिल्ला अस्पतालमा २६ जना गरि ५२ जना मधुमेहका बिरामी नियमित उपचारमा रहेको जानकारी समेत गराईयो। डाेल्पामा क्यान्सरका बिरामी भने शून्य रहेको त्यस्तै समग्रमा हेर्दा अस्पताल पुग्ने बिरामीमध्ये महिलाको संख्या पुरुषभन्दा बढी उल्लेख छ । कार्यक्रममा बोल्दै डा. अजय पाण्डे सर्ने र नसर्ने रोगहरु मध्यमा केही प्रतिनिधिमूलक राेगहरुकाे बारे जानकारी गराए ।

डाक्टर पाण्डेले भने क्षयरोग, कुष्ठरोग, दम, मधुमेह जस्ता रोगहरूको पहिचान, लक्षण र रोकथामका उपायबारे जानी राख्नुपर्दछ । “दुई हप्ता भन्दा बढी खोकी लागे परीक्षण गराउनु जरूरी छ,” डा. पाण्डेले थपे, “ज्वरो, तौल घट्नु, गाठागुठी देखिनुजस्ता लक्षण देखिएमा क्यान्सर राेग पनि हुन सक्छ परीक्षण गर्न ढिलो गर्नु हुन्न।” दमको समस्या खाना, धूलोधुवाँ र तनाबका कारण पनि हुने गर्छ।डोल्पामा पछिल्लो समयमा मधुमेहका बिरामी पनि बढ्दै गएका छन्, जसका लागि नियमित खानपानमा ध्यान दिन, दिनको चार पटक सन्तुलित खाना खाने सल्लाह समेत डाक्टर अजय पाण्डेले दिए ।
कार्यक्रममा वरिष्ठ हवल्दार विष्णुबहादुर थापाले ट्राफिकको तर्फबाट सडक दुर्घटनाको अवस्था, कारण र न्यूनीकरणका उपायबारे जानकारी दिए । उनका अनुसार, हाल भइरहेका दुर्घटनामध्ये ८० प्रतिशत चालकको लापरवाही र २० प्रतिशत इन्जिनका समस्या कारण हुने गरेका छन्। “सबै जिम्मा ट्राफिकलाई दिँदा मात्र दुर्घटना कम हुँदैन, सवारी धनीले असल चालक राख्नुपर्छ,” थापाले भने, “चढ्दा र झर्दा सावधानी अपनाउनुपर्छ, आखिर सहज र सरल दुई बाटा छन् – आर्यघाट या अस्पतालको बेड ।
”कार्यक्रममा जिल्ला स्वास्थ्य सेवा कार्यालयका तथ्यांक सहायक आशिष सिंथानीले जिल्ला स्वास्थ्य सेवा कार्यालय र अस्पतालबाट प्रवाह भइरहेकाे स्वास्थ्य सेवाकाे अवस्था सर्ने नसर्ने राेगकाे अवस्था राेग थामकाे उपाया स्वास्थ्य सेवा कार्यालयवाट विभिन्न क्षेत्रमा संचालित स्वास्थ्य अभियान लगायत विभिन्न राेगहरु र उपचारकाे तथ्यांक प्रस्तुत गरिएको थियो । कार्यक्रममा सवारी चालक, सवारी धनी, ट्राफिक प्रहरी, सञ्चारकर्मी र स्वास्थ्यकर्मीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागीहरूले यस्ता कार्यक्रमले सडक सुरक्षा र जनस्वास्थ्यको विषयमा महत्त्वपूर्ण जानकारी दिएको बताए ।