
बैशाख ३१,
डोल्पा : सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड दुनै, डोल्पा शाखाले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत डोल्पाको पहिलो र नियमित पठनपाठन भैरहेको क्याम्पस डोल्पो क्याम्पस दुनै डोल्पालाई रंगिन प्रिन्टर र क्यानोन स्क्यानर उपलब्ध गराएको छ ।
सिटिजन्स बैंक इन्टर नेशनल दुनै डोल्पाले डोल्पो क्याम्पस दुनै डोल्पामै पुगेर क्याम्पसको कार्यालयीय कामलाई सहज तुल्याउने हेतुले प्रिन्टर र स्क्यानर उपलब्ध गराईएको हो ।
डोल्पो क्याम्पस दुनै डोल्पाको प्राङगणमा आयोजित हस्तान्तरण कार्यक्रममा सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडल कर्णाली प्रदेश इन्चार्ज प्रकाश महतले डोल्पो क्याम्पस प्रमुख विष्णुलाल बुढालाई रंगिण प्रिन्टर र स्क्यानर हस्तान्तरण गर्नु भएको थियो ।
हस्तान्तरण कार्यक्रममा सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड दुनै शाखाका शाखा प्रवन्धक पृथी बहादुर डाँगी, उक्त बैंकको जुफाल शाखाका शाखा प्रबन्धक नविन कुमार वोहोरा, दुनै डोल्पा शाखाका अपरेशन इन्चार्ज हरिदत्त बुढा सहित क्याम्पसका शिक्षक तथा कर्मचारीहरुको उपस्थिति थियो । सिटिजन्स बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व २०८१÷०८२ बाट रंगिन प्रिन्टर र स्क्यानर खरिद गरी क्याम्पसलाई उपलब्ध गराएकोमा धन्यवाद दिदै यी उपकरणहरुले क्याम्पसको दैनिक कार्यसंचालनमा ठुलो सहयोग मिल्ने डोल्पो क्याम्पस दुनै, डोल्पाले जनाएको छ ।