
जाजरकोट : जाजरकोट कारागारभित्र एक जना कैदीले आइतबार आत्महत्या गरेका छन् । भेरी नगरपालिका–१० निवासी २५ वर्षीय दीपक बुढाले कारागारभित्रै झुण्डिएर आत्महत्या गरेका हुन्। उनी शौचालयमा झुन्डिएका थिए । बुढा २०८१ साल चैत्र ५ गते जिल्ला अदालत जाजरकोटको आदेशमा पुर्पक्षका लागि कारागार चलान भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख बसन्त कुमार शर्माले जानकारी दिए । आत्महत्याको कारण खुल्न बाँकी रहेकाले आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।