जगदुल्लामा पालिकावाटै राष्ट्रिय परिचयपत्र नम्वर वितरण सुरु

जैतुन अनलाइन | २०८१ चैत्र २६ गते मङ्गलवार

चैत्र २६,

जगदुल्ला : जगदुल्ला गाउँपालिकामा राष्ट्रिय परिचयपत्र नम्बर दिन  सुरु गरिएको छ । मंगलवारदेखी गाउँपालिकाको प्रशासकिय भवनवाट राष्ट्रिय परिचयपत्र बितरण कार्य थालिएको हो । जिल्ला प्रशासन कार्यालय डोल्पाको बिशेष अनुरोधमा  राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले  नागरिकको सहजताका लागी पालिकावाटै यो सेवा दिने व्यवस्था मिलाएको  डोल्पाका प्रमुख जिल्ला अधिकारी रोम बहादुर महतले जानकारी दिए । प्रजिह महतका अनुसार नेपाल सरकारले श्रावण गत श्रावण देखी सामाजिक सुरक्षा भत्ता खान,बैङ्क खाता खोल्न,उपभोक्ता समिति बन्न र अन्य बिभिन्न सेवा लिन अनिवार्य रुपमा राष्ट्रिय परिचय पत्र लागु गरेपछि डोल्पामा जिल्ला प्रशासन कार्यालयको बिशेष पहल र स्थानीय पालिकाहरुको आर्थिक सहयोगमा यो सेवा पालिकावाटै नागरिकलाइ दिन थालिएको बताए । पालिकाबाट अनलाइ मै राष्ट्रिय परिचयपत्र नम्बर प्रदान गरिने र पछि परिचयपत्र छापिएर आएपछि कार्ड प्रदान गरिने प्रजिह महतले जानकारी दिए ।

जगदुल्ला गाँपालिकामा पहिलो दिनमै ३४ जनाले राष्ट्रिय परिचयपत्र लिएका छन । २० पुरुष र १४ महिला गरी कुल ३४ जनाले पहिलो दिन राष्ट्रिय परिचयपत्र लिएको जिल्ला प्रशासन कार्यालयका कम्प्युटर अपरेटर सन्तोस बोहोराले जानकारी दिए । बोहोराका अनुसार प्रत्यक वडालाइ ५ दिनका दरले यो सेवा प्रदान गरिने र अनलाइनवाटै यो सेवा पालिकामै दिने गरिएको हुदा नागरिकको हरेक सूचना सुरक्षित हुने बताए ।

राष्ट्रिय परिचय पत्र अनलाइनवाट वितरण गर्नका लागि आवाश्यक पर्ने ईन्ट्रानेटको लागि चाहिने उपकरणहरु र प्राबिधिक रुपमा लाग्ने आर्थकि खर्च भने गाउँपालिकाले व्यवस्थापन गरेको जगदुल्ला गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत खगेन्द्र ऐडिले जानकारी दिए । निमित्त प्रमुख प्रशासकिय अधिकृत ऐडीका अनुसार जिल्ला प्रशासनसँगको सहकार्यमा पालिकाले नागरिकलाइ परिचयपत्र प्रदान गर्नका लागि भौतिक तथा आर्थकि सहयोग पालिकालेनै गरेको र नागरिकले भरेको व्यक्तिगत सूचनाहरुको सुरक्षाका लागि चाहिने उपकरण  अर्थात नेटवर्किङ्ग डिभाइस भने राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले उपलब्ध गराइ दिएको बताए ।

नेपाल सरकारले हरेक नागरिकले सेवा लिनका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गराएकोले जनताले दुख पाएको हुदा घरमै बसेर नागरिकले राष्ट्रिय परिचयपत्र लिन पाउने गरी केहि लगानीमा यो सेवा सुरु गरेको जगदुल्ला गाँउपालिकाका अध्यक्ष नारासिँह रोकायाले जानकारी दिए । अध्यक्ष रोकायाले भने स्थानीय सरकार भनेकै नागरिकको दुख बुझेेर मिल्ने सम्मका सेवा प्रदान गर्ने हो सोहि अनुसार सवै भन्दा महत्वपूर्ण सेवा राष्ट्रिय परिचयपत्र पालिकावाटै दिन थालीएको छ । जनताले राष्ट्रिय परिचय पत्रका वारेमा राम्रोसँग जनाकारी पनि नपाएको बेलामा नेपाल सरकारले अनिवार्य बनाएपछि धेरै खर्च गरेर जिल्ला सदरमुकाम सम्म पुगरे बनाउने गरेको हुदा सवैले सहज रुपमा घरमै सेवा लिन पाउन भन्ने हेतुले पालिकामै शिविर जस्तै गरी राष्ट्रिय परिचयपत्र दिन थालेको अध्यक्ष रोकायाको दावी । उनि भन्छन हरेक वडामा ५ दिन राखेका छौ समय तर नागरिक कोहि नछुटुन सेवा लिनवाट समयको कुनै पाबन्दी छैन बृद्धा र अशकतलाइ पहिलो प्राथमिकतामा राखेका छौ ।

जिल्ला प्रशासन कार्यालय डोल्पाको बिशेष पहलमा र गाउँपालिकाको आर्थिक तथा भौतिक सहयोगमा डोल्पा जिल्लामै पहिलोपटक ईलाका प्रशासन कार्यालय ईलवाट नागरकिले राष्ट्रिय परिचयपत्र नम्वर प्राप्त गरि रहेकाछन । ९ वटा वडा रहेको मुड्केचुलामा रहेको ईलाका प्रशासन कार्यालयमा हाल पनि यो कार्य नियमित रहेको छ भने ६ वडा रहेको जगदुल्लामा मंगलवारबाट वितरण सुरु भएको छ । यसपछि काईके गाउँपालिकाले पनि सुरु गर्नेगरी तयारी गरि रहेको र नगरपालिकाले पनि तयारी तिव्र गरेको जिल्ला प्रशासन कार्यालय डोल्पाले जनाएको छ ।