
नेकपा (एमाले) जगदुल्ला गाउँपालिकाको अध्यक्षमा पुन रोकाय चयन
मंसिर २२,
जगदुल्ला : नेकपा (एमाले) जगदुल्ला गाउँपालिकाको अध्यक्षमा पुन कमल बहादुर रोकाया चयन भएका छन । नेकपा (एमाले) जगदुल्ला गाउँपालिकाको ७ औँ गाउँ पालिका अधिवेशनबाट अध्यक्षमा कमल बहादुर रोकाया र सचिवमा सुरेन्द्र बोहोरा पुन चयन भएका हुन । पालिका अधिवेशनबाट रोकायाको अध्यक्षतामा ३१ सदस्यिय गाउँ कमिटी गठन भएको छ ।
शनिबारको बन्दसत्र बाट कमल बहादुर रोकाया अध्यक्ष उपाध्यक्ष :ठेयामा बि क सुरेन्द्र बोहोरा सचिव सह सचीव :मन बा नेपाली र अन्य २९ सदस्य सहित गाउँ कमिटी गठन भएको नव निर्वाचित सचिव सुरेन्द्र बोहोराले जानकारी दिए । सचिव बोहोराका अनुसार हिमाल बिसीको अध्यक्षतामा ५ सदस्यिय लेखा समिति समेत गठन गरिएको बताए ।
नेकपा (एमाले) डोल्पाको पालिका अधिवेशन गर्ने पहिलो पालिका जगदुल्ला हो । शुक्रबार पार्टिका केन्द्रीय सदस्य प्रदेश कमिटी सदस्य र जिल्ला अध्यक्षले पालिका अधिवेशनको उद्धघाटन गरेका थिए । शनिवार निर्वाचन समितिले घोषणा गरेको जगदुल्ला गाउँपालिकाको पालिका कमिटीले अब पालिकामा नयाँ तवरले काम गर्ने आउने निर्वाचनमा परिणाम सुदख निकाल्नेमा बिश्वस्त रहेको नेकपा (एमाले) डोल्पाका पार्टी अध्यक्ष लंक बहादुर रोकायाले बताए । अध्यक्ष रोकायाले भने हामीले जगदुल्ला गाउँपालिकामा पार्टिका लागि काम गर्ने र जनताको भावना बुझ्ने कमिटी पाएकाछौ अक पार्टि बलियो हुनेमा कुनै संका गर्नैपर्दैन ।