
असार २१,
जगदुल्ला डोल्पा : डोल्पाको जगदुल्ला गाउँपालिका ४ मा पर्ने मौरेलेखमा भएको जिप दुर्घटनामा सवार घाईते यात्रुको परिचय खुलेको छ । सोमवार अन्दाजी दिउसो २:२० बजेको समयमा जगदुल्ला गाउँपालिका ४ मौरेलेख स्थित बोलेरो जिप दुर्घटना हुदा १२ जना घाईते भएका थिए । जगदुल्ला गाउँपालिका ०४ माझगाऊ देखि जुम्ला तर्फ जादै गरेको जुम्ला चन्दन नाथ नगरपालिका ८ बस्ने चालक अन्दाजी बर्ष ३५ को बिन्दास रावलले चलाएको क.प्र.००१ ज ००५२ बलेरो जिप एक्कासी अनियन्त्रीत भई सडकबाट अनुमानित २०/२५मिटर सडक बाट तल खसेर दुर्घटना भएको प्रहरी जानकारी दिएको छ ।
उक्त जिप दुर्घटनामा घाईते हुनेमा जिपमा सवार १२ जना यात्रु मध्य तथा निम्न घर ठेगाना भएका ब्यक्तिहरु घाइते भएको गाडी घटना स्थलमा रहेको ,सबको नेपाल प्रहरीले मुचुल्का बनाउदै गरेको । डोल्पा त्रिपुरासुन्दरी नगरपालिका वडा नं.३ बस्ने बर्ष २६ को धन बहादुर डांगी बाया कुम, निधारमा चोट, अवस्था सामान्य । डोल्पा जगदुल्ला जगदुल्ला गाउँपालिका वडा नं. ६ बस्ने बर्ष २८ को लाल देबि रोकाय कम्मर देखी खुट्टामा सम्म चोट अवस्था मध्यम सोही वडा बस्ने बर्ष ४ को आवास रोकाय दाहिने खुट्टामा चोट अवस्था सामान्य त्यसैगरी ६ कै बर्ष २४ की कर्णसरा बुढा टाउको,शरिरमा चोट अवस्था मध्यम जगदुल्ला गाउँपालिका ४ बस्ने बर्ष २४ को धिरेन्द्र बुढाथोकि टाउको, छातिमा चोट अवस्था मध्यम सोहि वडा ६ बस्ने बर्ष २ बर्ष को पृतम बुढा सामान्य रहेको छ ।

त्यसैगरी काईके गाउँपालिका ३ बस्ने बर्ष ४४ को बिम प्रसाद बुढा खुट्टा,हातमा चोट अवस्था सामान्य, त्रिपुरासुन्दरी नगरपालिका ७ बस्ने बर्ष ४६ को नन्दराम शाहिला टाउकोमा चोट अवस्था सामान्य रहेका छन । त्यस्तै जुम्ला सिजा गाउँपालिका ३ बस्ने बर्ष ६२ को डिल्ली प्रसाद उपाध्य टाउको,बाया काधमा चोट अवस्था मध्यम गोठिचौर गाउँपालिका ४ बस्ने बर्ष ६४ को नितानन्द अधिकारी बाँया खुट्टा, टाउकोमा चोट अवस्था मध्यम र जिप चालक जिल्ला जुम्ला चन्दननाथ नगरपालिका वडा नं ८ बस्ने अन्दाजी बर्ष ३५ को बिन्दास रावलको ढाडमा चोट अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ ।
घाईतेहरुलाई पौने ४ बजेको समयमा क.प्र.०२००१ च १०२० नं.को जिपमा ४ जना उपचारको लागी जुम्लाको लागी पठाइएको छ भने जिपमा सवार डोल्पा त्रिपुरासुन्दरी नगरपालिका वडा नं. ८ बस्ने अन्दाजी बर्ष ३८ को बिष्णु बुढाको घटना स्थलमा नै मृत्यु भएको छ ।