
फागुन ०७,
डोल्पा : अन्य पार्टी परित्याग गरि नेपाली कम्युनिष्ट पार्टीमा प्रबेश गरेका छन । ठूली भेरी नगरपालिका वडा नम्बर ९ निवासी नेकपा एमालेबाट निर्वाचित वडा सदस्य तुलराम डाँगी तथा जिल्ला कमिटी सदस्य हरिचन्द्र डाँगीको नेतृत्वमा करिब १ सय ५० जना एमाले परित्याग गरी नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन्।

यसैगरी, ठूली भेरी नगरपालिका वडा नम्बर ८ डाँगीबाडा निवासी कृष्ण बुढाको नेतृत्वमा ८ जना र प्रेम डाँगीको नेतृत्वमा थप ९ जना एमाले परित्याग गरी नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेको नेपाली कम्युनिष्ट पार्टी डोल्पाले जानकारी दिएको छ । त्यस्तै ठूली भेरी ९ मोतिपुरमा नेकपा एमाले र नेपाली काँग्रेस परित्याग गरी २५ जनाले समेत नेकपा प्रवेश गरका छ ।

नवप्रवेशीहरूलाई पार्टीले औपचारिक कार्यक्रममार्फत नेकपाका उम्मेदवार तथा पूर्व मन्त्री धन बहादुर बूढा लगाएतका नेता तथा कार्यकर्ताले स्वागत गर्दै राजनीतिक परिवर्तन, जनमुखी नीति तथा डोल्पाको समग्र विकासका लागि नेपाली कम्युनिष्ट पार्टी सही विकल्प भएको धारणा व्यक्त गरिएको थियो।
पार्टी नेतृत्वका अनुसार पछिल्लो समय ठूली भेरीमा विभिन्न वडामा पार्टीप्रति आकर्षण बढ्दै गएको छ। नवप्रवेशीहरूले जनताको हकहित, सुशासन र समृद्ध डोल्पाको अभियानमा एकताबद्ध भएर अघि बढ्ने प्रतिबद्धता जनाएका छन्। कार्यक्रमको अन्त्यमा पार्टीले सम्पूर्ण नवप्रवेशीहरुलाई हार्दिक स्वागत तथा बधाई ज्ञापन गरेको छ।