नेकपा परित्याग गरी नेकपा (एमाले)मा प्रबेश

जैतुन अनलाइन | २०८२ फाल्गुन ६ गते बुधवार

फागुन ०६,

त्रिपुराकोट :  त्रीपुरासुन्दरी नगरपालिका वडा नं २ मा दुई जनाले नेकपा परित्याग गरी नेकपा (एमाले) प्रबेश गरेका छन ।  प्रेम बुढा र लालचन्द्र बुढा नेकपा बाट पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका हुन। नेकपा (एमाले) केन्द्रीय सदस्य तथा डोल्पा जिल्ला इन्चार्ज बदमीक्वारी बोहोरा र नेकपा (एमाले) डोल्पाका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्यका उम्मेदवार लंक बहादुर रोकायाले खादा लगाएर नेकपा (एमाले) पार्टीमा स्वागत गरेका हुन। नेकपा (एमाले) र प्रलोपाको टोली संयुक्त रुपमा त्रिपुरा सुन्दरी नगरपालिका क्षेत्रमा निर्वाचन प्रचाप्रशार गरि रहेको छ ।