नवनियुक्त तीन मन्त्रीले लिए शपथ

जैतुन अनलाइन | २०८२ भाद्र ३० गते सोमवार

काठमाडौँ  :  नवनियुक्त तीन मन्त्रीहरूले शपथ लिएका छन् । प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका हुन्  । आज अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, भौतिक योजना र सहरी विकास मन्त्री कुलमान घिसिङ र  गृह र कानुनमन्त्री ओमप्रकाश अर्यालको शपथ भएको हो । घिसिङलाई तीन र अर्याललाई दुई मन्त्रालयको जिम्मेवारी दिइएको छ ।