डोल्पाको मौरेलेखमा जिप दुर्घटना हुदा १ जनाको मृत्यु १३ घाईते

जैतुन अनलाइन | २०८३ असार २१ गते आइतवार

असार २१,

जगदुल्ला डोल्पा :  डोल्पाको जगदुल्ला गाउँपालिका–४ मौरेलेखमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । चालक सहित जिपमा सवार १४ जना मध्य एकजनाको घटनास्थलमै ज्यान गएको छ भने १२ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार आइतबार दिउँसो करिब १:५० बजे जगदुल्ला गाउँपालिका ५ माझगाउँबाट जुम्लातर्फ जाँदै गरेको कर्णाली प्रदेश ००१ ज ००५२ नम्बरको बोलेरो जिप मौरे लेखमा दुर्घटना भएको र जिप आफैं अनियन्त्रित भई सडकबाट करिब २०/ २५ मिटर तल खसेर दुर्घटना भएको जनाएको छ ।


दुर्घटनामा परि जिपमा सवार यात्रु त्रिपुरासुन्दरी नगरपालिका–८, बस्ने डोल्पाका ३८ वर्षीय विष्णु बुढाको घटनास्थलमै मृत्यु भएको छ । घाइतेहरूको उद्धार गरी उपचारका लागि जुम्ला पठाउने तयारी भइरहेको छ प्रहरीले जनाएको छ ।
जिपमा चालकसहित १३ जना सवार रहेको प्रारम्भिक जानकारी छ । चालकसहित अन्य १३ जना घाइते भएका छन् । । उद्धारका लागि चन्दननाथ नगरपालिकाको एम्बुलेन्स जुम्लाबाट घटनास्थलतर्फ पठाइएको छ । दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ ।