
जेठ १५,
डोल्पा: १९औँ गणतन्त्र दिवस बिभिन्न कार्यक्रम गरी डोल्पामा पनि मनाइएको छ । जिल्ला समन्वय समितिको अगुवाईमा जिल्लाका सरोकारवाला निकाय,राजनितिक दल,नागरिक समाज,निजामती कर्मचारी,नेपाली सेना,नेपाल प्रहरी, शसस्त्र प्रहरी वल, र स्थानीय तहका जनप्रतिनिधिहरुको बिशेष उपस्थितिमा १९ औँ गणतन्त्र दिवस मनाईएको हो ।

बिहान ७ बजे डोल्पा सदरमुकामको दुनै बजारमा प्रभातफेरी गरी जिल्ला समन्वय समितिको प्राङ्गणमा कोण सभा गरेर समापन गरिएको थियो । समापन कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख श्याम बहादुर रोकायाले भने यो ब्यवस्था ल्याउनका लागि उत्सर्ग गरेका सहितहरु प्रति श्रद्धाञ्जली दिदै सवैले गणतन्त्रको रक्षा गर्दै जनताले अनुभुती गर्नेगरी कार्यान्वयनमा सवै लाग्नुपर्नेमा जोड दिए । अहिलेको सरकार पनि गणतन्त्रकै उपज भएको भन्दै जनताको पक्षमा उभिएर काम गरि खास सरकारको अनुभुति दिलाउनु पर्ने बताए ।

१९औँ गणतन्त्र दिवसकै अवसरमा जिल्ला समन्वय समितिका प्रमुख श्याम बहादुर रोकाया,नेकपा एमाले डोल्पाका अध्यक्ष लंक बहादुर रोकाया र प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकाल,ठुलीभेरी नगरपालिका ३ का वडा अध्यक्ष भक्त बहादुर भण्डारी सहित नेताहरुले जिल्ला अस्पताल डोल्पाका बरामीहरुलाइ फलफुल बितरण गर्नुका साथै जिल्ला कारागारमा रहेका कैदी बन्दीहरुलाइ खेलकुदका सामाग्री हस्तानतरण गरेका छन । कारागारमा रहेका कैदीबन्दीहरुलाइ खेलकुदका सामाग्रीहरु दुनै भ्याली क्लबले सहयोग गरेको हो भने फलफुल सामाजिक बिकास कार्यालय डोल्पााले सहयोग गरेको हो । दुनै भ्याली क्लबले सहयो गरेका खेलकुदका सामाग्रीहरु जिल्ला कारागार डोल्पाका जेलर दिर्घ आरसीले बुझेर कैदीलाई हस्तानतरण गरेका छन ।
