कार्तिकमै माथिल्लो डोल्पा हिउँले ढाक्यो (तस्विरमा हेर्नुहोस)

जैतुन अनलाइन | २०८२ कार्तिक १४ गते शुक्रवार

कार्तिक १४,

डोल्पा : निरन्तरको बर्षा र हिमपातले हिमाली जिल्लाहरुमा जनजिवन कष्टकर बनेको छ । कार्तिकमै परेको हिउले माथिल्लो डोल्पाको जनजिवन झनै कष्टकर भएको हो । लगातार ३ दिनदेखी परेको हिमपातले माथिल्लो डोल्पाको सवै भुवाग ढाकेको छ । झण्डै साढे दुई फिट भन्दा बढि बाक्लो हिउँ जमेपछि भोट क्षेत्रका नागरिकको जनजिवन निकै कष्टकर रहेको छ ।

डोल्पोबुद्ध गाउँपालिकाको केन्द्र धो उपत्यकाको बस्ति : पेम्मा धोर्चे गुरुङ गाउँपालिका उपाध्यक्ष

चौरीहरु बनमै छन भने भेडाच्याङ्ग्राहरु र घोडा गोठमै थुनेर राखिएको छ । सेताम्मे हिमाल र पहाडसँगै गाउँ र खेत समेत हिउँले ढाकिएका छन । यसरी हिउँ पर्नुमा खुसि पनि हुन्छ स्थानीयहरुका लागि चिसोले जनजिवन कष्टकर भएपनि कृषि उत्पादनमा राम्रो मानिने भएकाले खुसिको पलका रुपमा लिने गरिन्छ । धेरै बर्षपछि कार्तिकमै भारी हिमपात भएको छ भने यो बर्ष हिउदमा धेरै नै हिउ पर्ने अनुमान स्थानीय बुढापाकाको छ ।

यस सँगै बर्षाको कारण तल्लो डोल्पामा समेत प्रभाबित बनेको छ । भारी बर्षा र हिमपातको कारण पदयात्रीहरुलाइ सजक रहन जिल्ला प्रशासन कार्यालय डोल्पा सूचना समेत जारी गरेको छ । फोक्सुण्डो ताल घुम्न आउने पर्यटकहरु हिउँको सेतो घेरमा बेरिएको ताल हेर्दै रमाइ रहेकाछन ।

तस्विरमा हेर्नुहोस :

डोल्पोबुद्ध गाउँपालिकाको केन्द्र धो उपत्यकाको बस्ति : पेम्मा धोर्चे गुरुङ गाउँपालिका उपाध्यक्ष

डोल्पोबुद्ध गाउँपालिकाको केन्द्र धो उपत्यकाको बस्ति : पेम्मा धोर्चे गुरुङ गाउँपालिका उपाध्यक्ष

शे-फोक्सुण्डो गाउँपालिकाको केन्द्र साल्दाङ् बस्ति : पेमावाङ्छेन गुरुङ गाउँपालिका उपाध्यक्ष

शे-फोक्सुण्डो गाउँपालिकाको केन्द्र साल्दाङ् बस्ति : पेमावाङ्छेन गुरुङ गाउँपालिका उपाध्यक्ष